महोत्तरी,३ पौष ।
लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णव किर्ते आरोपमा पक्राउ परेका छन । उनलाई रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरि रोक्का रहेको खाता फुकुवा गरेको भनि किर्ते कागज बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले बताए । उनले अहिले अनुसन्धान भैरहेकोमा विस्तृत भने अनुसन्धानपछिमात्र आउने थपे ।
महन्थले रुपन्देही स्थित मेगा बैंकमा रोक्का रहेको खाताको फुकुवा कागज बनाई खातामा रहेको ७० लाख ८२ हजार ५१० रुपया ३५ पैसा जनकपुरका श्रवण यादवको खातामा जम्मा गरेको देखिएकोले उनलाई अनुसन्धानको लागि पक्राउ गरि रुपन्देही पठाइएको महोत्तरीका एसपी कृष्ण पंगेनीले वताए । उनी आईतवार बिहान पक्राउ परेका हुन ।