महोत्तरी,२ पौष ।
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै विहिवार साझ पक्राउ परेकि नेहा चौधरी र निहारिका राजपुतलाई प्रहरीले अव उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा औरही नगरपालिका वडा नं. १ का वडाअध्यक्ष जोगी चौधरीको जमानतमा छोडेको छ । शुक्रवार अपरान्ह उनीहरुलाई प्रहरीले कागज गराएर छाडेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले पछि कुनै उजुरी परे कानुन अनुसार हुने भन्दै तत्काललाई उनीहरुलाई कागज गराई छाडिएको बताए । नेहा र निहारिकाको बचावमा निवर्तमान र नवनिर्वाचित प्रदेश साँसदहरु जिल्ला प्रहरी कार्यालयमा आई एसपी पंगेनीसंग छलफल गरेपछि अव उप्रान्त यस्तो नगर्ने सर्तमा उनीहरुलाई छाडिएको हो ।
नेहा चौधरीको दाईजो र घरेलु हिंसा लगायतको मुद्दामा नेहाका श्रीमान पंकज चौधरीलाई नियन्त्रणमा लिई म्याद समेत थप गरिसकेको अवस्थामा नेहाले मुद्दामा नाम दिएको सवै आरोपी पक्राउ पर्नु पर्ने भन्दै मंगलवार साझ देखि नै रामगोपालपुरमा आन्दोनल,धर्ना थालेकि थिईन । सोहि आन्दोलनमा विद्यार्थी र स्थानियहरु समेतको समर्थन जुटदै गएपछि आन्दोलन अनियन्त्रित भई रामगोपालपुर नगरपालिकामा तोडफोड गर्न थालेपछि नगरपालिकाले प्रहरी गुहारेपछि प्रहरीले आन्दोलनकारीहरुमार्थि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेका थिए । यता आन्दोलनको नेतृत्व गरिरहेकि नेहा र निहारिकालाई प्रहरीले गिरफ्तार गरेपछि आन्दोलन सेलाएको थियो ।
आन्दोलन ढुंगामुढा र अश्रुग्यास प्रहारमा परिणत हुदा सुरक्षाकर्मी र सर्वसाधारण घाईते ः
यता पंकजसंगै उनको परिवारका अन्य सदस्यहरुलाई समेत पक्राउ गर्नु पर्ने र आफुलाई अदालतको आदेश बमोजिम घरमा स्थापित गराउनु पर्ने लगायतका मांग सहित नेहा र निहारिकाले थालेको जक्काजाम,बन्द सहितको आन्दोलन नियन्त्रण गर्न सुरक्षानिकायको तर्फबाट पाच राउण्ड अश्रुग्यास प्रहार र एक राउण्ड हवाई फायर र लाठीचार्ज समेत गरिएकोमा सोहिमा परि दुई सर्वसाधारण महिला घाईते भएकि छिन । आन्दोलन नियन्त्रणको क्रममा थप आन्दोलनकारी तथा सर्वसाधारण घाईते हुन सक्ने भएपनि हालसम्म प्राप्त विवरण अनुसार रामगोपालपुर नगरपालिका ५ निवासी अन्दाजी ३५ वर्षिया सति देवी र करिव ७५ वर्षिया कमोधिया देवी घाईते भएकि छिन । चिकित्सकले उनको खुट्टामा स्टिल राखेर अपरेशन गर्नु पर्ने बताएकोमा अहिले भने उनको उपचारमा कसले पैसा तिर्ने भन्ने अन्यौलता छ । सति देवीलाई अश्रुग्यासले सिकित्स बनाएको हो भने कमोधियाको दाहिने घुडामा गम्भिर चोट लागेको थियो । सतिको उपचार रामगोपालपुर स्थित स्वास्थ्य चौकी र कमोधियाको उपचार सम्सी स्थित जानकी एकेडेमिक अस्पतालमा हुदै छ ।
यता आन्दोलनकारीले गरेको ढुंगामुढाबाट सुरक्षाकर्मी समेत घाईते भएका हुन । घाईतेहरुमा प्रहरी हवल्दार मुकेश प्रसाद यादव,नगरप्रहरी राम सुदिश यादव,गंगाराम राय,सुरेश राय, किसन कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । साथै शसस्त्र प्रहरी जवान कमलेश यादव र शिव सागर कुमार समेत रहेका छन । घाईते सुरक्षाकर्मी मध्ये हवल्दार मुकेश प्रसाद यादवको आँखाको माथिल्लो भागमा चोट लागेको छ भने नगरप्रहरी किसन कुमार मण्डलको दाहिने हात भाचिएको तथा अन्य सुरक्षाकर्मी सामान्य घाईते भएको बताइएका ेछ ।
किन भयो आन्दोलन ः
जिल्ला अदालत महोत्तरीले विपक्षीको नाममा नेहालाई ससम्मान घरमा वस्न दिनु,कुटपिट लगायतका गलत कार्य नगर्नु भनि आदेश दिएको र आदेश कार्यान्वयनको लागि प्रहरीलाई आदेशको जानकारी दिनु भनेकोका अदालतको प्रमाणित कपि लिई नेहा रामगोपालपुर स्थित ससुराली पुग्दा उनलाई उनका श्रीमान पंकजले घरमा छिर्न नदिएपछि नेहाले निहारिकाको साथमा सोहि ठाउमा धर्ना वसेकि थिईन । विगत तिन दिन देखि उनको धर्ना र धर्नासंग सडक जाम गर्ने,विद्यालय बन्द गराउने,पसल बन्द गराउने तथा नगरपालिकामा तोडफोड गर्ने कार्यहरु हुन थालेपछि प्रहरी एक्सनमा आएको हो । प्रहरीले नेहा पिडित भएकोमा दुईमत नभएको र आफ्नै घर अगाडी धर्ना बस्दा समेत कुनै आपत्ति नभएपनि सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउन थालेपछि बाध्यतावश नियन्त्रणमा लिएको बताए ।
तथापी नेहा र निहारिकाले न्यायको लागि पटक पटक गुहार्दा समेत आफुहरुको कुनै कुरा प्रहरीले नसुनेको र मुद्दा दर्ता गरेर समेत आरोपीहरु खुलेआम घुमिरहदा आफुहरुले बाध्यतावश आन्दोलन थालेको बताईन । पंकजसंगै उनको परिवारका सदस्यहरुले समेत आफुमाथि कुटपिट तथा हिंसा गरेकोमा सवै विपक्षीलाई तत्काल पक्राउ गर्नु पर्नेमा प्रहरीले सो नगरेको पिडितको गुनासो छ । उनले प्रहरीले थप आरोपी पक्राउ गर्न मांगेको समयसम्म आफुहरु कुरेर बसेपनि प्रहरीले उनीहरुलाई पक्राउ नगरेपछि आफुहरु सडकमा उत्रेको बताईन । यता रामगोपालपुरका मेयरले समेत आरोपीको संरक्षण गरिरहेको तर आफुहरुले कुरा गर्न बोलाउदा समेत नआएको नेहाको भनाई छ । आफुहरुले मेयरलाई भेट्न खोज्दा आफुहरुमाथि लाठीचार्ज,अश्रुग्यास प्रहार र पक्राउ गरिएको बताईन ।
किन भयो घटना ः
नेहाले आफ्नो श्रीमान पंकज चौधरी विरुद्ध दाईजो तथा घरेलु हिंसाको मुद्दा दिएकिमा जिल्ला अदालत महोत्तरीका न्यायाधिश युवराज गौतमको इजलासले नेहालाई कुनै पनि माध्यमबाट अवशव्द प्रयोग गरि गालि गलौज तथा बेईज्जती गर्ने कार्य नगर्नु नराउनु तथा कुटपिट गर्ने,जिउ ज्यानमा असर पुग्ने,शारिरिक वा मानसिक यातना दिने कार्य नगर्नु नगराउनु,मासिक भरण पोषण खर्च समेतको मांग रहेकोमा कागज गराई प्रतिवादीहरुको सम्पत्ति एवं आयश्रोतको विस्तृत विवरण खुलाउन लगाई सो लाई पुष्टी एवै समर्थित हुने कुनै सवुत प्रमाण भए सो समेत दाखिल गर्न लगाई निवेदिकाको मांग बमोजिमको अंश मुद्दा समेत पेश गर्नु र ईज्जत आमद अनुसार खान लगाउन दिनुका साथै ससम्मान आफ्नो घरमा सुरक्षित राथ रहन दिनु भनि विपक्षीको नाममा आदेश दिएको र सोहि आदेश कार्यान्वयनको लागि प्रहरीमा आदेशको प्रमाणित प्रतिलिपी पठाउनु भनि आदेश दिएको थियो ।
पंकजलाई छुटाउन फरार आरोपी बुवाले उच्च अदालतमा बन्दीप्रत्यक्षिकरणको मुद्दा हाले ः
यता प्रहरीले नेहाको जाहेरीको आधारमा फरार भनेर खोजिरहेका पंकजका बुवा राम प्रवेश चौधरीले उच्च अदालत जनकपुरमा बन्दीप्रत्यक्षिकरणको मुद्दा हालेका छन । उनले आफ्नो छोरालाई बिना कारण पक्राउ गरेको भन्दै मुद्दा हालेका हुन । नेहाले मंगलवार राती नै आफ्नो ससुराली अगाडी धर्ना दिईरहदा प्रहरीले पंकजलाई पक्राउ गरेपनि परिवारका अन्य सदस्यहरुलाई तत्काल नसमातेकोमा सोहि राती परिवारका सदस्यहरु घरमा ताल्चामारी फरार भएका थिए । प्रहरीले आन्दोलन रोक्न नेहालाई आग्रह गर्दै पंकजका पिता लगायतका व्यक्तिहरुलाई समेत पक्राउ गर्ने आश्वासन दिएकोमा उनीहरु फरार रहेका थिए । तर फरार रहेकै बेला उनले उच्च अदालतमा मुद्दा हालेकोमा सो मुद्दा उनको मान्य हुने वा नहुनेमा दुईमत छ । नेहाका अधिवक्ता रिंकु यादवले कुनै पनि फरार अभियुक्तले अदालतमा उपस्थित भएर आफु फरार रहेको कुरा लुकाई मुद्दा हाल्न नमिल्ने बताईन । उनले आईतवार नेहाको तर्फबाट उच्च अदालतमा निवेदन पर्ने र तत्काल पंकजका बुवालाई पक्राउ गर्न आग्रह गर्ने बताईन ।
यता पंकजका बुवाले दिएको मुद्दामा तत्काल सुनुवाई भएकोमा अदालतले म्याद तामेलीको लागि जिल्ला प्रहरी कार्यालयलाई तिन दिन भित्र अदालतमा पंकज पक्राउको कारण सहित उपस्थित हुन आदेश दिएको छ । प्रहरीले पत्र बुझेको तिन दिन भित्र पंकजलाई उच्च अदालतमा पेश गर्नु पर्ने छ ।
तर नेहाका अधिवक्ता यादवले फरार अभियुक्त अदालतमा वा प्रहरीमा हाजिर नै नभई आफ्नो कसुर लुकाएर मुद्दा दर्ता गराउदा अदालतमा उक्त मुद्दा मान्य नहुन सक्ने थपिन ।
उनले मुद्दा दर्ता भएकै दिन आफुकहा खवर आएपनि सोहि वेला अदालतको समय समाप्त भैसकेको अवस्था रहेकोले अदालतमा उनी फरार अभियुक्त रहेको जानकारी गराउन नसकिएको बताईन ।