महोत्तरी,२१ कार्तिक ।
नेपाली राजनितिमा कैयौ यस्ता नेतृ छिन जसले देशको विभिन्न महत्वपुर्ण निर्णय गर्न अहम भुमिका खेलेकि छिन भने अहिले देशको राष्ट्रपति समेत महिला छिन । महिलाले चाहेको खण्डमा गरेर देखाउने बुता राख्ने गरेको हामीसंग प्रसस्त उदाहरणहरु छन । तर अधिकांश स्थानमा उनीहरुले मौका नै पाउन सकेकि छैनन । तर महोत्तरीमा भने दुई निवर्तमान साँसदहरुले सोहि पदमा सोहि क्षेत्रमा पुनः उम्मेदवार बन्ने मौका पाएकि छिन । यता एक निवर्तमान साँसदले पार्टीबाट सोहि मौका नमिल्दा बागी भई गठबन्धनले खडा गरेको उम्मेदवार सहित सोहि क्षेत्रमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरु विरुद्ध आफ्नो जनमत देखाउन मैदानमा उत्रेकि छिन ।
२०७४ को प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएकि तिन निवर्तमान प्रदेश साँसदहरु पुनः निर्वाचनमा प्रत्यक्षबाटै होमिएकि छिन । क्षेत्र नं. १ “क” मा एमालेबाट पुनः टिकट पाएकि शारदा देवी थापा एक पटक फेरी चुनावमा लडदै छिन भने क्षेत्र नं. २ “ख” मा सुरीता साहले पार्टीबाट टिकट नपाएपछि बागी बन्दै स्वतन्त्र उम्मेदवारी दिएकि छिन । उनी लालटेन छाप रोजेर चुनावमा होमिएकि हुन । यता क्षेत्र नं. ३ “क” मा पहिले प्रत्यक्षबाट निर्वाचित भईसकेकि रानी कुमारी तिवारीले पुनः एक पटक लोसपाबाट आफ्नो भाग्य आजमाउदै छिन ।
मधेशको राजनितिमा महिला नेतृहरुले सडक तताउने देखि आफ्नो पक्ष दृढताका साथ राख्न सक्ने योग्यता रहेपनि टिकट दिने वेला महिला नेतृहरुलाई काँखा पाँखा गर्ने दलहरुमा लडेर आफ्नो योग्यता र क्षमताको आधारमा टिकट लिन सक्ने काबिलियत र दक्षता भएकै कारण पुनः टिकट पाउन सफल भएपनि शारदा देवी थापा र रानी कुमारी तिवारीलाई पुरुष उम्मेदवारहरुसंग कडा प्रतिस्पर्धा गर्नु पर्ने छ भने सुरीता साहले झनै पार्टीकै समेत साथ नपाउदा एक्लै स्वतन्त्र उम्मदवारी दिएर आफ्नो क्षेत्रमा १८ पुरुष र एक महिला उम्मेदवारलाई चुनौती नै दिएकि छिन ।
क्षेत्र १ क र क्षेत्र २ ख मा दुवै महिला उम्मेदवारले आफुसंग प्रतिस्पर्धा गर्ने एक एक महिला उम्मेदवार पाएपनि क्षेत्र ३ ख मा रानी कुमारी तिवारी भने एक्लि महिला उम्मेदवार हुन । सो क्षेत्रमा कुल २६ उम्मेदवार रहेकोमा २५ जना पुरुष उम्मेदवारहरुसंग तिवारीको सामना छ । प्राय अधिकांश राजनितिका ज्ञाता र विशेष दखल भएका उम्मेदवारहरुका विच तिवारीले आफ्नो जनमत देखाउन चुनौतीपुर्ण रहेपनि उनी भने यस प्रतिस्पर्धालाई सहज रुपमा लिन्छिन ।
उनी भन्छिन,“मैले क्षेत्रको लागि काम गरेको छु । आफ्नो क्षेत्रको दलित देखि हरेक वर्गको लागि मेरो बुता र बजेटले भ्याएको काम गर्न सफल भएकि छु । केहि स्थानमा केहि अन्य दलिय प्रतिनिधीहरुबाट आधार नै नभएको बहानाहरु बनाई मेरो विकासको गति रोक्ने प्रयास गरिएपनि त्यहा बिना कुनै हिचकिचाहट मैले आफ्नो पाईला अगाडी बढाएकि छु । आज क्षेत्रमा जादा जनताले कामको तारिफ गरेका छन । धन्यवाद व्यक्त गरेका छन ।”
तर तिवारीले आफ्नो पक्ष राखिरहदा क्षेत्रमा उनी विरुद्ध बोल्नेहरु पनि धेरै छन । कतै आर्थिक हिनामिना र कतै लापरवाहीका आरोपहरु समेत उनीमाथि छन । उनी यसलाई सहज रुपमा लिदै आफुले गरेको हरेक विकास निर्माणको काममा आफु पुर्ण जवाफदेही भएको र कुनै आर्थिक हिनामिना नभएको बताउछिन । उनी हरेक कामको सरोकारवाला निकायले छानविन गर्न चाहे आफुसंग मांग्ने सहयोगको लागि प्रतिवद्धता जनाउछिन । तिवारी आफु महिला भएकोले धेरै पुरुषहरुलाई आफुले गरेको विकास नपचेरै झुठा आरोपहरु लगाएर क्षेत्रमा बदनाम गराउने षडयन्त्र गरिरहेपनि आफ्नो जनता आफुसंग भएको र जनताले आफ्नो काम नजिकबाट हेरेकोले उनले ति आरोपहरुको सामना गर्न हरपल आफु तयार रहेको बताउछिन ।
यता गत निर्वाचनमा जित पछि आफ्नो क्षेत्रको विकासको लागि निरन्तर सकृय भुमिका निर्वाह गरेकि क्षेत्र १ क कि एमाले उम्मेदवार थापा पनि काम गरे मत पाईने आफ्नो मान्यता रहेको र सोहि अनुरुप काम गरेकोले मत पाउन कुनै बाधा अडचन नरहेको बताउछिन । उनी जितेर काम नै नगरेको भए आज पुनः जनताले मत दिने हुन भन्ने आट आउने थिएन र सायद लडने पनि थिईन,तर भरपुर काम गरियो र भरपुर मत समेत पाईने छ ।
त्यसतै क्षेत्र २ ख मा तत्कालिन राजपाबाट निर्वाचित साँसद साहले आफ्नो क्षेत्रको हरेक घरमा बल्ने चुल्होमा आफु क्षेत्रमा हुदा आफ्नो हिस्साको खाना समेत पाक्ने गरेको बताउछिन उनी क्षेत्रमा घुमिरहदा भोक लाग्ने वेला जुन सुकै घरमा गएर खाना खान कहिल्यै लाज नलागेको उनी बताउछिन उनी भन्छिन,“जसले मलाई मत दिए उनले मलाई परिवारको सदस्य ने बुझेर मत दिएका हुन अनि आफ्नै घरमा खान किन लाज ?”
उनी थप्छिन,“आफ्नो क्षेत्रको विकासको लागि भरपुर काम गरेकि छु । क्षेत्रको जनतालाई दुःख पर्दा उनीसंगै उभिएकि छु । उनी खुशी हुदा उनीसंगै हासेकि छु । मतको चिन्ता छैन र मायाकै समेत खाचो छैन । पुनः निर्वाचित हुन पाए आफ्नो कर्मलाई निरन्तरता दिनेछु । ”
वितग पाच वर्षको कार्यकालमा मधेश सरकारले ल्याएको प्रहरी विधेयकमा महिलाको ५० प्रतिशत आरक्षण लिपिवद्ध गराउन अहम भुमिका खेलेकि महोत्तरी कि तिनजनै निवर्तमान साँसदले समग्र देशमा महिलालाई ३३ प्रतिशत आरक्षण दिदा मधेश प्रदेशमा ५० प्रतिशत आरक्षण दिलाउन सफल भएकि हुन । उनीहरु अझै चिताएको सवै पुरा गर्न नसकिएकोमा विगत पाच वर्षको कार्यकालमा महिलाको हक र अधिकारलाई सुनिश्चित गराउनमै समय खर्चिएपनि अझै महिलाले मधेशमा पुर्ण सुरक्षा प्रत्याभुति गर्न नसकेकोमा आफुहरुको आगामी लक्ष्य महिलालाई पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउन थप संघर्ष गर्नु हो ।
शारदा देवी थापा लडेको चुनावी क्षेत्रमा उनीसंगै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एकजना महिला उम्मेदवार बनाएको छ भने कुल १८ उम्मेदवारमा बाकि सवै पुरुष उम्मेदवार छन । यता क्षेत्र २ ख मा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कि संगिता देवी पाण्डेय र स्वतन्त्र उम्मेदवार निवर्तमान प्रदेश साँसद सुरीता साह वाहेक कोहि महिला मतदाता छैनन । सो क्षेत्रमा कुल २० जनाले उम्मेदवारी दिएकोमा १८ जना पुरुष उम्मेदवार मात्र छन ।
यस्तो छ उनीहरुको पहिल्लो मतको अवस्था ः
२०७४ को निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएकि शारदा देवी थापाले सोहि वेला आफ्नो प्रतिपक्षी विरुद्ध १०२६२ मत प्राप्त गरेकि थिईन । उनले आफ्नो निकटतम प्रतिद्वन्दी हालका बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीलाई १२३१ मतको मतान्तरले पराजित गरेकि थिईन । क्षेत्रीले सोहि बेला नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकोमा २०७९ को स्थानिय तहको निर्वाचनमा उनले प्रदेश साँसदको मैदान छाड्दै नगरप्रमुखमा आफ्नो भाग्य स्वतन्त्र उम्मेदवारको रुपमा आजमाए र १४२१० मत ल्याई विजयी भए ।
त्यसतै क्षेत्र २ ख बाट स्वतन्त्र उम्मेदवारी दिएकि सुरीता साहले २०७४ को निर्वाचनमा १५४४० मत ल्याउदै पाच वर्ष सोहि क्षेत्रको प्रदेश साँसदको रुपमा कार्यभार सम्हाल्न सफल भईन । उनले समेत आफ्नो निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राज करण प्रसाद साह सुडिलाई ८९४३ मतको मतान्तरले परास्त गर्न सफल भईन ।
यता क्षेत्र ३ क बाट २०७४ को निर्वाचनमा निर्वाचित भएकि निवर्तमान प्रदेश साँसद रानी कुमारी तिवारीले ७४३० मत ल्याउन सफल भएकि थिईन । सोहि वेला उनका निकटतम प्रतिद्वन्दी हालका जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले स्वतन्त्रबाट निर्वाचन लडेकोमा उनले ५५९८ मत ल्याउन सकेका थिए ।
तर तिनजनामै कसैले पाएनन मन्त्रालय ः
महोत्तरीको चार प्रतिनिधी सभा र ८ प्रदेश सभाको सिटमा प्रत्यक्षबाट कुल तिनजनामात्र महिला निर्वाचित भएकोमा पाच वर्षको अन्तरालमा कुनै महिला साँसदलाई मन्त्री वा राज्यमन्त्रीकै पद समेत दिइएन । उनीहरुले पाच वर्ष आफ्नो अधिकार समेत खोज्नमा खर्च गरिन तर सोहि वेला राजनितिक बाडफाडमा र सत्ता टिकाउन केहि समानुपातिक महिला साँसदहरुले आकर्षक पद पाएपनि उनीहरु राजनितिक उपेक्षामा परिन ।