महोत्तरी, १६ कार्तिक ।
महोत्तरीमा एक क्रुर घटना सार्वजनिक भएको छ । जिल्लाको औरही नगरपालिका वडा नं. ५ मा आफ्नै देवरले शरिरका संवेदनशिल अंगमा खुर्पा आगोमा तताई पोलेपछि पिडिता न्यायको लागि जिल्ला प्रहरी कार्यालय पुगेकि छिन । पिडिताले जाहेरी दर्ता गराउन कागजी प्रकृयाहरु पुरा गरि दर्ता गराउने प्रकृया गरिरहदा प्रहरीले भने आरोपीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिसकेको छ ।
गत कार्तिक १२ गते शनिवार राती नै देवर भनिएका औरही नगरपालिका ५ निवासी ३४ वर्षिय मनोहर कुमार रायले आफ्नी २७ वर्षिया भाउजुलाई आगोले पोलेपछि स्थानिय प्रहरी चौकीलाई विभिन्न व्यक्तिको माध्यमले मौखिक जानकारी गराएपनि प्रहरी नआएपछि आफु नै जिल्ला प्रहरी कार्यालय पुगेको पिडिताले महोत्तरी सञ्चारलाई बताईन । उनले घटनाकै दिन देखि पटक पटक स्थानिय चौकी कटुधारलाई जानकारी गराउदा समेत आफुलाई नै त्यहा आउन खवर पठाएपछि विरक्तिएर आफु सिधै जिल्ला प्रहरी कार्यालय पुगेकी पिडिताले बताएकि हुन ।
पिडिताले गत कार्तिक १४ गते सोमवार जिल्ला स्थित महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा पुगेपछि त्यहा निवेदन दिएपछि सोहि दिन आरोपीलाई पक्राउ गरि ल्याएकोमा अहिले आफु जाहेरी दर्ता गराउन आएकि बताईन ।
यता पिडितालाई भेटेका राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले यो क्रुर र अमानविय घटना भएको बताईन । उनले महोत्तरीको एसपी समेतलाई भेटी घटनामा गम्भिर हुन र पिडितलाई न्याय दिलाउन चनाखो हुन भनेकि छिन । उनले पिडिताको घाउ निक्कै बल्झिएकोमा तत्काल उनलाई अस्पतालमै राखेर उपचार गर्नु पर्ने भएकोले पिडिताले न्यायको लागि अस्पतालमा बसेर उपचार गराउनु पर्नेमा उनी प्रहरीको ढोका ढकढकाउन हिड्नु परेकोमा ज्यादै दुखद परिस्थिति भएको बताईन ।
उनले पिडितालाई उपचारको लागि पठाउन समेत पहल भैरहेको बताईन । उनीसंगै विभिन्न महिला अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु समेतले पिडितालाई भेटेकि हुन ।
यता ओरेक नेपाल कि कार्यक्रम अधिकृत लिला दियालीले समेत पिडिताको अवस्था ज्यादै दयनिक रहेकोले ओरेकले उनलाई उपचारमा पठाउन प्रहरी तथा ओसिएमसीसंग समन्वय गरिरहेको बताईन । उनले गुप्तांग र स्तनमा पोलेर ठुलो घाउ भई ईन्फेक्सन समेत भैसकेकोले तत्काल उपचारको आवश्यक्ता रहेको थपिन ।
पिडितालाई भेट्न पुगेकि नेपाल पत्रकार महासंघ महोत्तरी कि अध्यक्ष सुनिता बराल,महिला अधिकारकर्मी सुनिता झा,तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स) का मधेश प्रदेश संयोजक अर्जुन साह लगायतले समेत पिडितालाई भेटेका हुन ।
पिडिताका श्रीमान विगत दुई वर्ष देखि वैदेशिक रोजगारीमा रहेकोमा घरमा वस्दै आएका देवरले उनलाई पोलेर घाईते बनाएकोमा यस्तो क्रुर घटना घटाउनुको कारण भने अनुसन्धान पुरा भएपछिमात्र भन्न मिल्ने प्रहरीको भनाई छ ।
यता पिडिताले आफुलाई परिवार तथा गाउमै मिल्न भनेर दवाव आईरहेको समेत बताएकि छिन ।