रञ्जन भण्डारी
महोत्तरी,११ कार्तिक ।
महोत्तरीको भंगहा नगरपालिका ८ मा विहिवार भएको साम्प्रदायिक दंगा वारे छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाच सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्रालयले विज्ञप्ती निकाली जनाएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक उमेशराज जोशी,शसस्त्र प्रहरी बलका नायब महानिरीषक किशोर प्रधान,राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य रहने विज्ञप्तीमा उल्लेख छ ।
यता शुक्रवार राती १० बजे देखि नै लागु हुने गरि जिल्ला प्रसासन कार्यालय महोत्तरीले सुरक्षा समितिको निर्णय अनुसार विहिवार अपरान्ह ३ बजे देखि लगाएको कफर््यु समेत निस्तेज पारेको छ । पररियामा दंगा पछि लगाइएको कफर््यु विस्तारै स्थिति साम्य हुदै गएपछि जिल्ला प्रसासन कार्यालयले कफर््यु हटाउने आदेश दिएको हो ।