रञ्जन भण्डारी
महोत्तरी,२९ असोज ।
महोत्तरीमा शसस्त्र प्रहरीले भारी परिमाणमा पटाखा बरामद गरेको छ । शसस्त्र प्रहरी बल,नेपाल नं. ९ गण हेडक्वाटर र शसस्त्र प्रहरी बल,नेपाल बिओपी सम्सीले छुट्टा छुट्टै उक्त पटाखा बरामद गरेको हो । शसस्त्र प्रहरीले दुई ठाउबाट क्रमश ६७ हजार र ५५ हजार बराबरको पटाखा बरामद गरेको शसस्त्र प्रहरी बल,नेपाल नं. ९ गण हेडक्वाटरका एसपी दिपेन्द्र गिरीले बताए ।
गणको टोलीले शनिवार बिहान मटिहानी नगरपालिका ९ हनुमान चोकबाट र बिओपी सम्सीको टोलीले सम्सी गाउपालिका ६ सम्सी चोकबाट उक्त पटाखा बरामद गरि नष्ट गरेको छ । उक्त पटाखाहरु विभिन्न स्थानमा लग्ने तयारी रहेको वेला शसस्त्र प्रहरीले ठुलो सफलता हात पारेको छ ।
आउदै गरेको तिहार,दिपावली र छडपर्वमा ठुलो संख्यामा पटाखासंग अन्य सामग्री अवैधरुपमा भित्रिने सम्भावना रहेकोमा शसस्त्र प्रहरीले चेकजाचमा कडाई गरेको छ ।