रञ्जन भण्डारी
महोत्तरी,२१ असोज ।
सन १५२८ मा बाबरका सेनापति मीर बाकीले झण्डै २१०० वर्ष पहिले सम्राट शकारी विक्रमादित्य(चन्द्रगुप्त द्वितिय) ले कालो पत्थरले बनेको ८४ थान स्तम्भमाथि निर्माण गरेको विशाल राम मन्दिरलाई ध्वस्त गरेपछि झण्डै १३४ वर्ष पछि ९ नबम्वर २०१९ मा सोह ठाउमा राम मन्दिर निर्माण गर्न आदेश दिएपछि राम जन्मभुमि राम मन्दिरको लागि सुरक्षित भएपछि अगुवा साधुहरुले सोहि निर्णयलाई हिन्दु संस्कृतिको विजयीको रुपमा लिदै उत्सव स्वरुप निकालेको “रामराज्य रथयात्रा २०२२” आज शुक्रवार नेपाल प्रवेश गरेको छ ।
रामको जन्मभुमि अयोध्याबाट नेपाल र भारतको २७ राज्यमा ६० दिने यात्रा गर्दै १५ हजार किलोमिटरको यात्रा तय गर्ने लक्ष्य लिइ नेपाल प्रवेश गरेको रथ तथा साधुहरुलाई नेपाल प्रवेशको क्रममा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार सहितले स्वागत गरेका छन ।
पुर्व मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा सहित महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी र सुरक्षा निकाय प्रमुखहरु समेतको टोलीले नगरप्रमुखको अगुवाईमा जलेश्वर नगरपालिका ३ मलिवाडा नाकाबाट रथयात्रालाई डोर्याउदै जलेश्वर स्थित जलेश्वरनाथ महादेव मन्दिर प्रांगनमा भोजन तथा सम्मान कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको हो । हिन्दु महापरीषद महोत्तरी,धनुषा सहित विभिन्न हिन्दु संघसंस्थाका पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।
रामदास मिशन(यु.सो.) को आयोजनामा निकालिएको सो रथयात्राको नेतृत्व गरेका प.पु.जगतगुरु स्वामी सत्यानंद सरस्वती महाराजका शिष्य श्री शक्ति शाँतानंद महर्षीले नेपाल र भारत बिचको सम्बन्ध आज देखिको नभई मर्यादा पुरुषोत्तम रामकै पाला देखि रहेकोमा रामको विजयमा माता सिताको जन्मभुमि यात्रा नगरेसम्म राम विजय उत्सव सफल नहुने भएकोले जलेश्वर,जनकपुर सहित नेपालको नारायणघाट,काठमाडौं,पोखरा,बुटबल,नेपालगंज र टिकापुरसम्मको यात्रा गर्दै भारतको रुद्रपुर प्रवेश गर्ने बताए ।
उनले नेपाल भारतको बिचमा अन्य सम्बन्ध भन्दा पनि धार्मिक र पारिवारिक सम्बन्ध बलियो भएकोले यो सम्बन्धलाई झनै मजबुत बनाउन रथयात्राले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले नेपाल प्रवेशको क्रममा स्थानिय सरकार र सुरक्षा निकायबाट समेत भएको सहजिकरण र स्वागतले भाव विभोर बनाएको भन्दै कृतज्ञता व्यक्त गरे ।
सयौको संख्यामा साधुसंत सहित नेपाल प्रवेश गरेको रथयात्रा जलेश्वरमा स्वागत,सम्मान र भोजन पश्चात जनकपुरको लागि प्रस्थान गरेको छ ।