निर्वाचित ६ मेयर र २ अध्यक्ष सहित विवरण नबुझाउने सवै उम्मेदवारले तिर्नु पर्ने भयो जरिवाना
रञ्जन भण्डारी
महोत्तरी ।
महोत्तरीमा गत स्थानिय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भई निर्वाचित भएका र निर्वाचित हुन नसकेका सवैले निर्वाचन परिणाम घोषणाको तिस दिन भित्र आ आफ्नो निर्वाचनको खर्च विवरण बुझाउनु पर्नेमा नबुझाएपछि निर्वाचन आयोगले सवैलाई जरिवाना तिराउने भएको छ । महोत्तरीमा मेयर,अध्यक्ष,उपमेयर,उपाध्यक्ष तथा वडा अध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दिएका चारहजार ८२९ जना उम्मेदवार मध्ये २०२ जनाले मात्र समयमा विवरण बुझाएकोमा सो बाहेकका सवैले जरिवाना तिर्नु पर्ने भएको छ । निर्वाचन आयोगले विलम्ब पेस गरेको १८ उम्मेदवार र स्पष्टिकरण दिएका समेतलाई जरिवाना तिर्न निर्णय गरेको हो ।
निर्वाचित सहितका उम्मेदवारहरुले खर्च विवरण नबुझाएर जरिवानामा परेको संख्या
माथि उल्लेखित उम्मेदवारमा निर्वाचित भएका र निर्वाचित हुन नसकेका दुवै छन भने विलम्व बुझाएका र स्पष्टिकरण दिएकाहरुको संख्या समेत समावेश छ । स्पष्टिकरणको विषयमा निर्वाचन आयोगले भदौ १ गते जारी गरेको प्रेस विज्ञप्तीमा भनेको छ ,“कानुनले तोकेको समय व्यतित भएपछि निर्वाचन खर्चको विवरण बुझाउने उम्मेदवारले आफ्नो सफाई सहितको स्पष्टिकरण पेश गरेकोमा सो स्पष्टिकरणको व्यहोरामा कानुनको जानकारी नभएको,कार्य व्यस्तताले नभ्याएको,जिल्ला वाहिर रहनु परेको,निर्वाचन हारेपछि निर्वाचन खर्च पेश गर्नु पर्छ भन्ने थाहा नभएको,विविध कारणले पेश गर्न नसकेको,विरामी परेको लगायतका विषयहरु उल्लेख भएको देखिएकोमा निजहरुले पेश गरेको उक्त स्पष्टिकरणको व्यहोरा विश्वास योग्य,चित्त बुझ्दो र सन्तोष जनक देखिएको छैन । ” त्यसमै थप्दै निर्वाचन आयोगले भनेको छ,“निजहरुको हकमा निर्वाचन खर्चको विवरण तोकेको समयमा पेश नगरि आफ्नो सफाई सहितको स्पष्टिकरण पेश नगर्ने र कानुनले तोकेको समय व्यत्तित भएपछि निर्वाचन खर्चको विवरण पेश गरेकोमा सो सम्बन्धमा आफ्नो सफाई सहितको स्पष्टिकरण पेश नगर्ने उम्मेदवारहरुले स्थानिय तह निर्वाचन निर्देशिका २०७८ को दफा ३५ को उपदफा (६) संग सम्बन्धित अनुसुचि १३ को स्वघोषणाको क्रम संख्या १ को खण्ड (त) मा भएको निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पुर्णरुपमा पालना गर्ने र सोहि को खण्ड (थ) मा भएको निर्वाचन आयोगले तोकिदिएको निर्वाचन खर्चको सिमा भित्र रही खर्च गर्न र खर्च सम्बन्धि आचरण पालना गर्न प्रतिवद्ध रहेको भनी उम्मेदवारी मनोनयन गर्दा गरेको स्वघोषणाको परिपालना गरेको नदेखिएको साथै निर्वाचन आचार संहिता,२०७८ को दफा १५ को खण्ड (ज) मा रहेको आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने भन्ने प्रावधानको समेत उल्लंघन गरेको देखिएको निजहरुलाई निर्वाचन आयोग ऐन,२०७३ को दफा २६ को उपदफा (१) बमोजिम देहाय अनुसार हुने गरि जरिवाना गर्ने ।”
महोत्तरीमा कसले कति तिर्नेछन जरिवाना ः
माथि उल्लेखित वाहेक वडाअध्यक्षमा उम्मेदवारी दिएका र निर्वाचित समेत भएका १०५१,महिला सदस्य ७९४,दलित महिला सदस्य ७६१ र सदस्य १६२० जना मध्ये गाउपालिकामा उम्मेदवारी दिएकाहरुले जनही एकलाख पचास हजार र नगरपालिकामा उम्मेदवारी दिएकाहरुले जनही दुईलाखको दरले जरिवाना तिर्नु पर्ने छ ।
निर्वाचित जनप्रतिनिधीहरुले समेत पाएनन राहत ः
यता निर्वाचन आयोगले उम्मेदवारी दिएर समयमै खर्च विवरण नबुझाएका निर्वाचित सहित चुनावमा हार व्यहोरेका समेतलाई जरिवानाको दायरामा ल्याएको छ । महोत्तरीमा रहेको १० नगरपालिका र ५ गाउपालिका मध्ये अधिकांश निर्वाचित जनप्रतिनिधीहरु निर्वाचन आयोगले तोकेको जरिवानामा परेका छन । जिल्ला निर्वाचन कार्यालय महोत्तरीबाट उपलब्ध भएको तथ्यांक अनुसार गौशालाका नगरप्रमुख डा.दिपेन्द्र महतो,औरही का नगरप्रमुख प्रदिप कुमार खड्का,बर्दिवासका नगरप्रमुख प्रल्हाद क्षेत्री,भंगहामा नगरप्रमुख संजिव कुमार साह,रामगोपालपुरका नगरप्रमुख राम दुलार साह र लोहारपट्टीका नगरप्रमुख शैलेन्द्र यादवले समेत समयमा विवरण नबुझाउदा र दिएको स्पष्टिकरण समेत निर्वाचन आयोगले नमानिदिदा जरिवाना तिर्नेमा परेका छन ।
यसमा गौशाला नगरपालिकाका प्रमुख डा. महतोले भने निर्वाचन आयोगको जरिवाना सम्बन्धि निर्णयमा असन्तुष्टी जनाएका छन । उनले आफुले विवरण बुझाएको बताउदै विवरण बुझाएको,विलम्व बुझाएको वा स्पष्टिकरण दिएको हकमा विवरण नबुझाएकै सरह जरिवाना तोक्नु उपयुक्त नभएको बताए । यसले विवरण बुझाउनुको अर्थ नै रहेको जस्तो देखिएको बताए । उनले यस विषयमा जिल्ला निर्वाचन कार्यालयसंग थप जानकारी लिने बताए ।
यता निर्वाचित उपप्रमुखहरुमा गौशाला कि उपप्रमुख रेणु कुमारी ,औरही कि उपप्रमुख रेणु झा,बर्दिवास कि उपप्रमुख तारा देवी,भंगहा कि उपप्रमुख शान्ती कुमारी सिंह र लोहारपट्टी कि उपप्रमुख सरिता शर्मा समेतले जनही चारलाख पचास हजारको दरले जरिवाना तिर्नुपर्ने छ ।
यता गाउपालिका अध्यक्षहरुमा समसी गाउपालिका अध्यक्ष रामनाथ यादव र सोनमा गाउपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले समेत समयमा निर्वाचन खर्च नबुझाएको भन्दै जनही तिनलाख पचास हजारको दरले जरिवाना तिर्नु पर्ने छन भने गाउपालिका उपाध्यक्षहरुमा पिपरा गाउपालिका उपाध्यक्ष बन्दना पाण्डेय,महोत्तरी गाउपालिका अध्यक्ष दिपो देवी पासमान र समसी गाउपालिका अध्यक्ष अनिता कुमारी समेत जनही तिनलाख पचास हजार जरिवाना तिर्नेमा परेकि छिन । यो वाहेक महोत्तरीमा १५ स्थानिय तह मिलाएर कुल १३८ वडाअध्यक्ष निर्वाचित भएकोमा सो मध्ये ११३ वडाअध्यक्षले समयमा विवरण नबुझाउदा उनीहरु समेत जरिवानामा परेका छन ।
जरिवानामा परेको भनिएको मध्ये धेरैले केहिले समयमै,केहिले ढिलोगरि,केहिले स्पष्टिकरण सहित खर्च विवरण बुझाएकोमा निर्वाचन आयोगले त्यसता विवरण बुझाउनेहरुको हकमा समेत विवरण नबुझाउने सरह नै जरिवाना तोकेको भन्दै निर्वाचन आयोगको निर्णयप्रति उम्मेदवारहरुले प्रश्न समेत उठाउन थालेका छन ।
स्थानिय तह जरिवाना लागेका वडाअध्यक्षहरुको वडा
यसका अलावा महिला सदस्य ११९,दलित महिला सदस्य १२२ र सदस्य २३९ ले समेत जरिवाना तिर्नु पर्नेछ । निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्ती अनुसार ६ महिना भित्र उक्त जरिवाना तिर्नु पर्ने छ । निर्वाचन आयोगको ऐन,२०७३ को दफा २६ को उपदफा (३) बमोजिम प्रकरण नं. (२) मा तोकिएको समयावधि भित्र आफुलाई लागेको जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारलाई निर्णय भएको मितिले लागु हुने गरि ६ वर्षसम्म कुने पनि निर्वाचनमा भाग लिन नपाउने गरि रोक लगाउने र जरिवाना वापतको रकम निजहरुबाट दाखिला नभएमा सो रकम असुल उपर गर्ने प्रयोजनका लागि आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व ऐन,२०७६ बमोजिम जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न जरिवाना भएका उम्मेदवारको नाम नामेशी सहितको विवरण तयार गरी केन्द्रिय तहसिल कार्यालयमा लेखी पठाउने उल्लेख छ ।
यो वाहेक समेत निर्वाचन आयोगले जरिवाना असुल उपरका लागि थप प्रकृयाहरु अपनाउने जनाएको छ ।