महोत्तरी ।
मधेश प्रदेशबाट उत्कृष्ट फोटो पत्रकारिता पुरस्कारको नोमिनेशनमा महोत्तरी सञ्चार दैनिकका सल्लाहकार सम्पादक तथा फोटो पत्रकार राकेश प्रसाद चौधरी सहित पाचजना परेका छन । राष्ट्रिय फोटो पत्रकार समुह एनएफपिजे नेपालले आफ्नो स्थापनाको २५ औ वर्षगाँठको अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को लागि आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कन गरि सात प्रदेश सहित विभिन्न १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको विधागत ५ जना मनोनयनमा पर्न सफल फोटोपत्रकारहरुलाई पुरस्कृत गर्ने भएकोमा सोहि नोमिनेशनमा फोटो पत्रकार चौधरी समेत परेका हुन । उनीसंगै मधेश प्रदेशबाट जियालाल प्रसाद साह,पंकज श्रेष्ठ,तिवारी यादव र कविता खड्का नोमिनेशनमा परेका हुन ।
असोज ६ गते सस्थाको २५औं वार्षिकोत्सव समारोह आयोजना गरी अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा फोटोपत्रकारितालाइ जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतिथगरि रहनु भएका अग्रज सस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान गर्न लागिएको हो ।
यस्तो छ विभिन्न विधामा नोमिनेशनमा पर्न सफल फोटो पत्रकारहरु ः
१) नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा २०२२ का लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अनन्ता भण्डारी,मनिस अर्याल,नविन वावु गुरुङ,प्रेम थापा र सुनील शर्मा ।
२) खेलकुद फोटोपत्रकारीता विधा २०२२ विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु विक्रम कुमार बाँनीया,हरिस सिंह नगाल, प्रेम थापा, एसके सर्मा, सरोज चाम्लीङ ।
३) पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अनन्ता भण्डारी, प्रतिक्षा काफ्ले, राधिका कडेल, रमिता छुजु र सरिता श्रेष्ठ ।
४) पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अन्नता मण्डारी, हरि मर्हजन, मनोज पौडेल, मनोज रत्न शाही र सागर वस्नेत ।
५) ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु असोक दुलाल, गगन अर्याल, मनोज पौडेल, नविनवावु गुरुङ र प्रदिपकुमार श्रेष्ठ ।
६) राजनैतिक फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु गगन अर्याल, हरिस सिंह नगाल, नविन वावु गुरुङ, मनिस अर्याल र सागर बस्नेत ।
७) कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अम्विर तोलङ्गे, दिपेन्द्र मर्हजन, दुर्गाप्रसाद पौडेल, मनिस पौडेल र प्रताप गुरुङ ।
त्यसतै प्रदेश स्तरिय फोटो पत्रकारिता पुरस्कारको लागि प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु गगन कुमार यादव, गुरु ढकाल, नेत्र विक्रम विमली, सरद जोसी र सुजन तिमिल्सीना छन भने । मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु जियालाल प्रसाद साह, पंकज श्रेष्ठ, राकेश प्रसाद चौधरी, तिवारी यादव र कविता खड्का छनौट भएका छन ।
यता बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अर्जुन श्रेष्ठ, पेमा लामा, राजेन्द्र गजुरेल, सन्तोष श्रेष्ठ र संकर श्रेष्ठ भएका छन ।
गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु खिम लामिछाने, किरण आचार्य, प्रेम थापा, राधिका कडेल र रजनी तामाङ छन भने लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु वासुदेव यादव,विजेश यादव,देवि गुरुङ,मनोज पौडेल र नविन लोचन मगर छन । यता
कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु वामदेव केसी, वसन्त प्रताप सिंह, हेमन्त केसी, हिक्मत नेपाली र रिजन भण्डारी छनौट भएका हुन । त्यस्तै सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अविनास चौधरी, विनोद विष्ट, डम्वर बहादुर वोहरा र माधव अवस्थी छन ।