महोत्तरी लगायतका देशका विभिन्न स्थानमा अहिले बच्चा चोरको हल्लाले व्यापकता पाएको छ । सामाजिक संजालहरुमा बच्चा चोरी भयो,बच्चा चोर समातियो भनेर विभिन्न सन्देशहरु आउछन र सो संगै कतै कोहि मानिसलाई बच्चा चोर भनेर कुटपिट गरिरहेको र कतै उनीहरुलाई मानसिक यातना दिइरहेको दृष्यहरु सामाजिक संजालमै छ्याप्छ्याप्ती भरिएको हुन्छ ।
प्राय हरेक ठाउमा बच्चा चोर भनेर समातिएको मानिसहरुलाई स्थानियहरुले बेस्सरी कुटपिट गरिसकेका हुन्छन । कुटाईले थला परिसकेर भाग्ने प्रयास गर्दैन भन्ने पक्का भैसकेपछि प्रहरीलाई खवर गरिन्छ र प्रहरी नआउन्जेल पुनः उनीहरुलाई मानसिक यातना दिइन्छ ।
महोत्तरीका एसपी कृष्ण पंगेनी समेत हालसम्म महोत्तरीमा प्रहरीको जिम्मा लगाइएको यस्ता व्यक्तिहरु मध्ये कोहि बच्चा चोर रहेको भनेर पुष्टी नभएको स्विकार्छन । उनी अनाहकमै शंकाकै आधारमा निर्दोष आम नागरिकबाट कुटिने गरेको बताउछन ।
प्रहरी आएर उनीहरुलाई लग्छन र अनुसन्धान गर्छन तर अनुसन्धानको क्रममा बच्चा चोरेको केहि आधार नपाउदा उनीहरुलाई प्रहरीले मुक्त गर्छन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनी समेत हालसम्म महोत्तरीमा प्रहरीको जिम्मा लगाइएको यस्ता व्यक्तिहरु मध्ये कोहि बच्चा चोर रहेको भनेर पुष्टी नभएको स्विकार्छन । उनी अनाहकमै शंकाकै आधारमा निर्दोष आम नागरिकबाट कुटिने गरेको बताउछन । एसपी पंगेनी थप्छन,“हालसम्म कसैले मेरो बच्चा चोरी भयो,फलानो व्यक्तिले चोरी गर्यो भनेर एउटा साधारण निवेदन समेत लिएर आएको छैन । न त जिल्लाबाट कुनै बच्चा चोरिएकै छ । ”
गत विहिवार सम्सी प्रहरी चौकीमा यस्तै सर्वसाधारणबाट अत्यधिक कुटाई खाईसकेका एकजनालाई ल्याइयो । एकजना बच्चालाई चकलेट दिएको र ति चकलेट दिएको बच्चालाई उसले चोर्न लागेको अवस्थामा स्थानियहरुले पक्राउ गरेको भनेर प्रहरीलाई जानकारी गराइयो । तर अनुसन्धान गर्दै जाँदा ति बच्चाले मलाई कुनै चकलेट नदिएको बयान दिए । तर बिस्कुट कान्छौ भनेर सोधेको भने । थप बुझ्ने क्रममा धनुषाको कुर्था घर भएको बताउने ति व्यक्ति मानसिक रोगी भएको बुझियो ।
उपचारको लागि भारतको मुजफ्फरपुर जान लागेकोमा भिठामोडबाट उनी बाटो बिराएर कता कता घुम्दै सम्सी पुगेका रहेछन । उनलाई परिवारको जिम्मा लगाएर छाडियो ।
यस्तै जिल्लाको भंगहा लगायतका अनेकौ ठाउमा यस्तै बच्चा चोर भनेर थप केहि महिला तथा पुरुषहरुले यातना सह्नु पर्यो । सिरहामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकै दुईजना कुटिएर अहिले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको ठुलो संख्या
सिरहा पुग्ने तयारीमा छ ।
आफ्नो समुदायको व्यक्तिलाई अनाहकमै बच्चा चोरको आरोप लगाएर प्रताडना दिएको प्रति उनीहरु आक्रोशित छन । सिरहाको अलावा अन्य स्थानमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई बच्चा चोर भनेर प्रताडना दिइरहेको भिडियोहरु सामाजिक संजालमा छ्याप्छ्याप्ती भेट्न सकिन्छ । यस सम्बन्धमा चौतारी नेपाल महोत्तरीका कार्यक्रम संयोजक राम वरण यादव भन्छन,“ विभिन्न व्यक्तिहरुले भ्रम छर्दै हाम्रो समुदायका व्यक्तिहरुलाई टारगेट बनाउदै दिइरहेको यातनाको हामी घोर विरोध गर्छौ, कसैको अनुहार कालो छ वा चिटिक्क परेको छैन,कोहि पुरुषको जस्तो शरिरमा सारी,पेटीकोट लगाएको छ वा कोहि कसैलाई सुहाएन भने त्यसलाई बच्चा चोर भनेर कुटपिट गरिदिने यो कहाको न्याय हो ?
हाम्रो समुदायको मानिसहरु घर घरमा गएर पमरिया नाचेर,बच्चा
हरु तथा घरका अन्य सदस्यहरुलाई आशिर्वाद दिएर दुई रुपया हातमुख जोर्नलाई पाउछन भने ति व्यक्तिलाई चोर भनेर प्रताडना दिनु निन्दनिय छ । ”
ओरेक महोत्तरी कि लिला दियाली भन्छिन,“कसैको अनुहार मिलेको छैन,स्थानिय भाषा बोल्न सकेन,सोधिएको प्रश्नको जवाफ राम्ररी दिन सकेन,कोहि मानसिक रोगी छ,कोहि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको छ भने त्यो बच्चा चोर नै हो भनेर हाम्रो समाजले उनीहरुमाथि गरिरहेको कुटपिट दण्डनिय अपराध हो ।” महिलामाथि वा जोसुकै माथि झुठो आरोप लगाएर उनीहरुलाई कुटपिट गर्ने विरुद्ध प्रहरीले एक्सन लिनु पर्छ ।
दियाली थप्छिन,“यदि बच्चा चोरी भैरहेको छ भने हामीले तत्काल प्रहरीलाई खवर गर्ने हो । बच्चा चोरी भएको वा हराएको निवेदन दिने हो । तर हालसम्म त्यसतो कुनै उजुरी प्रहरीमा परेकै छैन । यसै साता तिनजना बालिका हराएको घटना पनि उनीहरु भेटेपछि साम्य भयो । प्रहरीलाई बच्चा भेटेपछि निवेदन समेत दिइएन । अनि कुन बच्चा महोत्तरीमा कहाबाट चोरी भए वा हराए ? ”
यसै सन्दर्भमा एसपी पंगेनी भन्छन,“ हो अभिभावकको जिम्मेवारी छ आफ्नो सन्तानको हेरविचार गर्ने र उनीहरुको सुरक्षा गर्ने । त्यो गर्ने पर्छ । बालबालिका कहा छन के गर्दैछन,उनीहरु कुनै खतरामा त छैनन त्यो अभिभावकले नै पहिले हेर्ने हो तर कतै कसैले भनेकै भरमा कसैलाई हानी पुर्याउनु पनि सहि होईन । ” अभिभावक सतर्क हुनै पर्छ । तर सतर्कताकै नाममा कोहि निर्दोष कुटिनु हुदैन ।
बच्चा चोर कै विषयमा नेपाल प्रहरी प्रधान कार्यालय,साईवर ब्युरो भोटाहिटीले विज्ञप्ती समेत जारी गरिसकेको छ । विज्ञप्तीमा उल्लेख छ ,“ ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरु चोरी गरी भारत लगेर,मृगौला,आँखा लगायतका शरीरका विभिन्न अंगहरु झिकी विक्री गर्ने गरेको’ भन्ने व्यहोरा लेखेर विभिन्न व्यक्तिका तस्विरहरु समेत संलग्न गरी सामाजिक संजालमा फैलाइएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीके गम्भर ध्यानाकर्षण भएको छ ।
सामाजिक संजालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझै देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजुरी÷सुचना प्राप्त भएको छैन । तसर्थ त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पुर्ण नागरिकहरुमा हार्दिक अनुरोध छ । यदि त्यस्ता कुनैपनि अपराध सम्बन्धी सुचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु हुन समेत अनुरोध छ । साथै सामाजिक संजालमा त्यसतो भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन,कानुन बमोजिम कानुनी कारवाही गरिने छ । ”