रञ्जन भण्डारी
महोत्तरी ।
महोत्तरीमा विगत केहि दिनमा डेंगुको विरामी बढ्दै गएको छ । स्वास्थ्य कार्यालय महोत्तरीको पछिल्लो तथ्यांक अनुसार महोत्तरीको बर्दिवास नगरपालिकामा ९,गौशाला नगरपालिकामा २,औरही नगरपालिकामा २ र जलेश्वर नगरपालिकामा ४ डेंगुका बिरामी भेटिएको छ ।
गौशाला र औरहीमा भेटिएका डेंगुका विरामी भारतको मद्रासबाट आएकोमा उनीहरुले उतै समेत औषधी सेवन गरेपनि यहा समेत चेक जाँच गर्दा उनीहरुमा पुनः डेंगु देखिएको स्वास्थ्य कार्यालयका प्रमुख विनोद यादवले बताए । यता डेंगु प्रभावित स्थानहरुमा सर्च एण्ड डिस्ट्रोय,मेडिसिनको उपलब्धता र डेंगु सहित कोभिड १९,कालाजार लगायतका विभिन्न रोगको चेकजाँच सहितको टोली परिचाल गरिएको उनले थपे ।
जलेश्वरमा डेंगु पुष्टी भएको मध्ये दुईजना सुरक्षा निकायबाट समेत भएकोले हाललाई शसस्त्र प्रहरी र नेपाली सेनाको रणभिम गणमा समेत चेकजाँच सहितको टोली खटाइएको तथा प्रभावित सवै स्थानमा औषधी छर्कने कार्य भैरहेको स्वास्थ्य कार्यालय प्रमुख यादवले वताए ।
उनले विभिन्न मिडिया मार्फत डेंगु सम्बन्धि सचेतना मुलक सुचनाहरु समेत प्रसारण भैरहेको थपे ।