खुमलटार स्थित विधि विज्ञान प्रयोगशालामा कुमारी आमा निहारिका राजपुतको बच्चा र बलात्कार आरोपित भनिएका शिवराज श्रेष्ठको डिएनएको नमुना संकलन गरिएको छ । आईतवार लिइएको डिएनए नमुनाको नतिजा आउन भने तिन साता लाग्ने छ । डिएनएको लागि शिवराज र निहारिकाको बच्चाको थुक र रगत लिइएको थियो ।
डिएनए जाँचको लागि शिवराजलाई आईतवार नै काठमाडौं ल्याएकोमा उनको नमुना संकलन पछि उनी फिर्ता भएका छन । यता निहारिका भने डिएनए जाँचकै लागि आफ्नो महोत्तरी र धनुषाको पिडितहरुसंग भेट्ने र उनीहरुको न्यायको लागि लड्ने अभियानलाई विचमै छाडेर काठमाडौं आएकि छन । निहारिका र उनको बच्चासंगै नमुना संकलनको समयमा बलात्कार पिडिता बिनु यादव र ओरेक महोत्तरी कि लिला दियाली उपस्थिति थिईन । आफ्नो बच्चा र आरोपितको डिएनए जाँच हुनुपर्ने मांग राख्दै विगत केहि समय देखि निहारिका संघर्ष गर्दै आएकि थिईन । उनले काठमाडौंमै अनसन वस्दा डिएनए जाँचको मांग गरेकोमा जनकपुर उच्च अदालतले डिएनए परिक्षणको लागि आदेश दिएको थियो ।
रिपोर्टमा चलखेल भए मुद्दा अन्तराष्ट्रियकरण गर्ने ः
यता आईतवार आफन्त नातामा मामा पर्ने प्रहरी निरिक्षककै सुरक्षामा काठमाडौं डिएनए जाँचको लागि शिवराज आएको निहारिकाको आरोप छ । नयाँपत्रिकासंग कुरा गर्दै उनले भनिन,“शिवराजलाई लिएर आउने प्रहरी निरिक्षक उनकै मामा नातामा पर्ने रहेछन । उनीसंगै आएका अर्का प्रहरी समेत तिनै मामाका खास हुन । आफन्तकै संरक्षणमा आएको शिवराजसंग ल्यावकै स्टाफहरुको पुरानो चिनजान जस्तो कुराकानी गरेको देखे । त्यही भएर थोरै शसंकित पनि भएकि छु । सामान्यतया हामी अपरिचित व्यक्तिसंग भेटदा वढी भन्दा वढी हाई हेल्लो गर्छौ तर शिवराजसंग त ति ल्यावका केहि स्टाफको पुरानो मित्रता रहे जस्तो लाग्यो । यस्तोमा रिपोर्टमा चलखेल गरिए दिल्ली जान्छु र मुद्दालाई अन्तराष्ट्रियकरण गर्छु । ”