महोत्तरी ।
महोत्तरीको अधिकांश आवादी गरिव तथा विपन्न छन । कृषी,वैदेशिक रोजगारी र जोखिमपुर्ण तथा मजदुरी गरेर घर परिवार धान्नेहरुको संख्या जिल्लामा अत्यधिक छ । जहा गरिवी र अज्ञानता हुन्छ त्यहा शिक्षा र पोषणको अभाव हुन्छ । र यहि अभावकै कारण जिल्लाको अधिकांश क्षेत्रको बालबालिकाले पारिवारिक तथा विद्यालयकै लापरवाही र केहि बाध्यताका कारण गुणस्तरिय शिक्षा पाउनबाट बन्चित छन भने धेरै बालबालिकाले आर्थिक अभावमै पोषण युक्त खानेकुरा खान नपाउदा कुपोषित भएर बाच्नु परेको छ ।
वल्र्ड भिजनको आर्थिक सहयोगमा गैर सरकारी संस्था समाज विकास केन्द्र महोत्तरीले यिनै कमिलाई परिपुर्ति गर्न जिल्लाको एकडारा गाउपालिका र सम्सी गाउपालिकामा विभिन्न परियोजनाहरु संचालन गर्दै आईरहेको छ । यसै परियोजना अन्तर्गत सम्सीको ११२१ र एकडाराको १६९६ कुपोषित बालबालिकालाई सुपोषित बनाउने प्रयास भैरहेको समाज विकास केन्द्रका अध्यक्ष नईम अंसारी बताउछन ।
समाज विकास केन्द्रले आफ्नो कार्यक्षेत्रमा गराएको जिल्ला स्तरिय अनुगमनमा कार्यक्रम संचालनमा रहेको बालबालिकाको परिवारमा सकारात्मक परिवर्तन पाएको अनुगमकर्ताहरुले पाएका छन । कुपोषित बालबालिकाको भरण पोषण र उनीहरुलाई सुपोषित हुन सहयोग पुग्ने गरि ति बालबालिकाका परिवारलाई बाख्रा पालनप्रति आकर्षित गराउने प्रयास गरिएको छ भने सोहि बाख्राको दुध तथा बाख्रा बेचेर हुने आम्दानीले बालबालिकाको भरण पोषणमा सहयोग पुग्ने अध्यक्ष अंसारीको भनाई छ ।
बालबालिकाको हितको लागि वल्र्ड भिजनको आर्थिक सहयोगमा बाल संरक्षण तथा बाल स्पोन्सरशिप कार्यक्रम,पोषण तथा उत्थानशिल जिविकोपार्जन कार्यक्रम,जिविकोपार्जनका लागि पशुपालन,पनुर्लाभ,सामुदायिक उत्थानशिलता तथा विपद सहयोग कार्यक्रम र प्रारम्भिक बाल शिक्षा कार्यक्रम एकडारा र सम्सी गाउपालिकामा संचालन गरिरहेको समाज विकास केन्द्रका कार्यक्रम निर्देशक कुमार भण्डारी बताउछन ।
बञ्चितिकरण, शोषण, विभेदमा परेका दलित, जनजाति, मुस्लिम र पछाडी परेको समुदाय लक्षित वर्गको लागि कार्यक्रम चलाईरहेको उक्त संस्थाले बाल संरक्षण तथा बाल स्पोन्सरशिप कार्यक्रम अन्तर्गत हालसम्म ५१३४ बालबालिकालाई बाल स्पोन्सरशिप कार्यक्रममा दर्ता गराउन सफल भएको छ । सो मध्ये एकडारा गाउपालिकाको २७३४ र सम्सी गाउपालिकाको २४०० बालबालिका कार्यक्रममा दर्ता रहेको कार्यक्रम निर्देशक भण्डारी बताउछन । उनले थप दुई हजार नयाँ बालबालिकालाई कार्यक्रममा दर्ता गरिएको बताउदै बालवालिकाहरुलाई विभिन्न पोषाक,हाईजिन किट,झुल समेत वितरण गरिएको थपे । त्यसतै एकडाराका १२ जना शारिरिक अपांगता भएका बालबालिकालाई सहायक सामग्री समेत वितरण गरिएको शुक्रवार जिल्ला समन्वय समितिको सभाकक्षमा राखिएको जिल्ला परियोजना सल्लाहकार समितिको वैठकमा कार्यक्रम निर्देशक भण्डारीले सरोकारवालाहरुलाई जानकारी गराएका छन । यस्तै बालबालिकाको प्रारम्भिक स्वास्थ्य जाँच नियमित गराइदै आइएको र विद्यालय वाहिर रहेका दुईसय बालबालिकाहरुको लागि ब्रिज कोर्स संचालन गरेको समेत बताए ।
त्यसतै बाल संरक्षण र समुदायिक संलग्नता तथा बाल स्पोन्सरसीप परियोजना अन्तर्गत बालबालिकाको लागि लगानी तथा दिगोपन योजना र बाल प्रोफाइल तयारीका लागि सहयोग,बाल संरक्षणका लागि बाल अधिकार समिति, जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि (बामैत्री स्थानीय शासन, बाल संरक्षण, घटना व्यवस्थापन आदि),रुपान्तरण जीवन उपयोगी तथा आत्मरक्षा सीप तालिम प्रशिक्षक प्रशिक्षण, बालबालिका र कक्षा संचालन ,बाल भेला आयोजनाका लागि प्राविधिक सहयोग र अभिभावकलाई बाल स्पोन्सरशिप तथा बाल अनुगमन सम्बन्धी अभिमुखीकरण जस्ता कार्यक्रम संचालन गर्दै आएको निर्देशक भण्डारीले बताए ।
यता पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सम्सी र एकडाराका बालबालिकाका वृद्धि अनुगमन गरिएकोमा सम्सीमा ११२१ कुपोषित र एकडारामा १६९६ कुपोषित बालबालिका फेला पार्न सकेको छ । संस्थाले हाल तिनै बालबालिकालाई पुन सुपोषित बनाउन विभिन्न कार्यक्रम संचालनमा राखेको निर्देशक भण्डारीको भनाई छ । उनले सकारात्मक झुकाब तथा सामुहिक चुल्हो कार्यक्रममा २८०० कुपोषित बालबालिकालाई संलग्न गराई, ३० दिनमा २६६६ बालबालिकाको पर्याप्त मात्रामा तौल वृद्धि भई ३४७ बालबालिका सुपोषित हुन सफल भएको थपे ।
त्यसतै सम्सी र एकडारा गा.पा. का सम्बन्धित स्वास्थ्य चौकीसँग समन्वय गरी स्वास्थ्य आमा समुहहरुलाई मातृ वाल स्वास्थ्य तथा पोषण सम्बन्धि ज्ञान दिन सफल भएको उनले बताए । त्यसतै न्यून वर्गिय परिवारलाई मातृ तथा वाल स्वास्थ्यलाई सहज बनाउनकोलागी चापाकल जडान समेत गरिएको उनले थपे । उनले सम्सी मा ८९ व्यक्तिगत र ७ सामुदायिक चापाकल र एकडारामा ६ व्यक्तिगत र ४ सामुदायिक चापाकल हस्तान्तरण गरिएको बताए । बर्थिंग सेन्टर संचालनमा रहेको एकडारा र सम्सी गाउपालिकाका स्वास्थय चौकीहरुलाई विभिन्न उपकरण र सामग्री समेत सहयोग गरिएको निर्देशक भण्डारीले बताए ।
यता ग्एन् ःयमभ िअन्र्तगत अति विपन्न घरधुरी सानो व्यवसाय सहयोग, कृषि तथा जीविकोपार्जन सहयोग सामाग्री हस्तान्तरण,खाद्यान्न सामाग्री सहयोग, रुपान्तरणको लागि बचत समुह गठन, व्यवसायिक सीपमुलक तालिम, करेसाबारी प्रबद्र्धनका लागि बीउविजन तथा कृषि सामाग्री सहयोग समेत गरिएको उनले बताए ।
त्यसतै जिविको पार्जनका लागि पशुपालन परियोजना अन्तर्गत सम्सीका ३०३ घरधुरी र एकडाराको १८३ घरधुरी गरि कुल ४८६ परिवारलाई बाख्रा तथा खोर निर्माण समेत गरिदिएको छ ।
केन्द्रले कार्यक्षेत्रमा गरेको उपलब्धी बारे जिल्ला परियोजना सल्लाहकार समिति बैठकमा जानकारी गराउदै गर्दा जिल्ला समन्वय समिति प्रमुख सुमन लाल कर्ण,एकडारा गाउपालिका अध्यक्ष दिप नारायण मण्डल,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने सहित स्वास्थ्य,शिक्षा,कृषि,पशु तथा अन्य विभिन्न सरोकारवाला कार्यालय,क्षेत्र तथा सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी,कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।