महन्थ ठाकुर पहिलो नम्बरमा
लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ३ को सम्भावित उम्मेदवारहरुको नाम प्रस्तावित गरेको छ । प्रस्तावित नामहरुको पहिलो नम्बरमै लोसपाले क्षेत्र नं. ३ बाट गत निर्वाचनमा विजयी भएका लोसपाका राष्ट्रीय अध्यक्ष महन्थ ठाकुर को नाम प्रस्तावित गरेको हो । उनको नामसंगै दोस्रो नम्बरमा लोसपा कि समानुपातिकबाट प्रतिनिधीसभा सदस्य रहेकि चन्दा चौधरी समेत प्रस्तावित भएकि छिन भने तेस्रो नम्बरमा ब्रजेन्द्र मिश्र समेत सुचिमा परेका छन । यता समानुपातिकबाट नाम अझै प्रस्तावित गर्न बाकि रहेको लोसपा नेता तथा प्रदेशसभा सदस्य अभिराम शर्माले बताएका छन ।
यता क्षेत्र ३ को “क” मा प्रत्यक्षबाट ५ जना र समानुपातिकबाट १५ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षबाट अभिराम शर्मा,रमण पाण्डेय,दिपेन्द्र कुमार ठाकुर,अम्बिका कुमारी यादव र नईम राईन प्रस्तावित भएका छन भने समानुपातिकको मधेशी तर्फ शुशिल कुमार राउत अजय झा,रमन कुमार ठाकुर र राकेश सिंह प्रस्तावित भएका हुन । यता मधेशी जनजातीबाट रामकुमार मण्डल र श्याम मण्डल समेत प्रस्तावित भएका छन । त्यसतै मधेशी दलितबाट फेकन दासको नाम प्रस्तावित गरिएको छ । यता समानुपातिक मै मधेशी महिला अल्पसंख्यकबाट मिना देवी र रामकली महतो समेत प्रस्तावित भएकि हुन । त्यसतै मधेशी अल्पसंख्यकबाट शुशिल कुमार महतो,जितेन्द्र सिंह र किशोरी महतो,हरि शंकर साह र मोहन ठाकुर प्रस्तावित भएका छन । मधेशी महिलाबाट भने बबिता मिश्र प्रस्तावित भएकि छिन ।
त्यसतै क्षेत्र ३ “ख” बाट प्रत्यक्ष तर्फ १५ जना सम्भावित उम्मेदवारहरु प्रस्तावित भएका छन । प्रस्तावित हुनेमा वर्तमान प्रदेश साँसद रानी कुमारी तिवारी,पुर्व जिल्ला समन्वय समिति प्रमुख सुरेश प्रसाद सिंह,मिथिलेश ठाकुर,सुनील कुमार झा,पुर्व जिल्ला समन्वय समिति सदस्य सुदीप झा,पुर्व जलेश्वर अस्पताल अध्यक्ष सुरेश पाण्डेय,नरेश कुमार सिंह,अब्दुल कादीर अंसारी,पुर्व वडाअध्यक्ष लोकेन्द्र लाल कर्ण,रमेश प्रसाद साह,जयरुद्र झा,सदरे आलम,रबी भुषण ठाकुर,सतिस कुमार मिश्र र रामजिनीस साह रहेका छन ।
“ख” कै समानुपातिकमा बविता कुमारी,कविता कुमारी,अल्का कुमारी झा,कालिकान्त झा,कौशिल्या देवी यादव,अम्बिका देवी साह,रुपकला ठाकुर,अशोक पाण्डेय,रेणु झा,राम तपेश्वर ठाकुर,रमेश प्रसाद साह र सत्रुधन महासेठ प्रस्तावित छन । बविता कुमारी शहिद रोहन चौधरी कि आमा र शहिद गणेश चौधरी कि बुहारी हुन । यता समानुपातिकमा प्रस्तावित भएकि अल्का कुमारी झा समेत प्रदेश साँसद छिन ।