नेपाली काँग्रेसको क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यको सम्भावित उम्मेदवारहरुको सुचिमा विधान विपरित आफ्नो नाम काटेर किरण यादवको एकल नाम सिफारिस गरेको भनि आपत्ति जनाएपछि पुर्व प्रतिनिधीसभा सदस्य महेन्द्र यादव मधुकरको नाम समेत समावेश गरिएको छ ।
उनले विधान अनुसार तिनजनाको नाम सुचिमा राखेर पठाउनु पर्नेमा एकल नाम सिफारिस गरि पार्टी पार्टीको मर्म र विधानलाई केहि पार्टी भित्रकै नेताहरुले धुमिल बनाउन खोजेको भनि जिल्ला र प्रदेश कार्यालयमा आपत्ति सहितको आफ्नो नाम समेत समावेश गर्न निवेदन दिएपछि जिल्ला कार्यसमितिले गल्ती सच्याउदै उनको नाम समेत सिफारिस गरेको हो । जिल्ला कार्यसमितिमा सर्वसम्मतीले उनको नाम पुनः सुचिमा राखिएको हो ।
यता पार्टीले निर्णय सच्याएर सर्वसम्मत निर्णय गर्दै उनको नाम समावेश गरेकोमा नेता मधुकरले जिल्ला कार्यसमिति,केन्द्रिय सदस्यहरु तथा पार्टीका सवै नेता तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेका छन । उनले पार्टीले निर्णय सच्याएर लोकतन्त्र र पार्टीको साख समेत जोगाउन अहम भुमिका खेलेको बताएका छन ।