महोत्तरी ,२२ भदौ ।
मटिहानी नगरपालिकामा कलात्मक टाबर निर्माण भएको छ । मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले सो टाबरको उदघाटन गरेका हुन । २० लाखको लागतमा निर्माण भएको उक्त मटिहानी जनकपुर सडक खण्डको मटिहानी(प्रतापी मंदिर) अगाडी निर्माण गरिएकोमा मेयर मण्डलले बुधवार उदघाटन गरेका हुन । टाबर भित्र सितामाताको प्रतिमा राखिएको छ ।

टाबरको उदघाटन गर्दै मेयर मण्डलले मटिहानीको इतिहास रामायण कालसंग र सितासंग समेत प्रत्यक्ष जोडिएकोले मटिहानीमा सिता माताको प्रतिमालाई विशेष महत्वका साथ स्थापित गरिएको बताए ।
टाबर उदघाटन गर्न मेयरसंगै वडाअध्यक्ष जित नारायण माझी,रितेश साह,शिवशंकर कुमार राय,नाजिर राईन तथा पुर्व वडाअध्यक्ष गणेश प्रसाद साह सहित लोसपाका नगर अध्यक्ष श्याम कुमार मण्डल,राजकिय संस्कृत मा.वि.का प्रधानाध्यापक ईश्वरी पौडेल सहितका विभिन्न व्यक्तित्वहरु पुगेका थिए ।