महोत्तरीको बर्दिवासमा जङ्गलबाट आएका हात्तीले महोत्तरीको हातिलेटमा चार वटा घर भत्काएको छ । बर्दिवास नगरपालिका ८ स्थित स्थानीयका अनुसार सोमबार राति करिब २ बजे पूर्वतर्फबाट आएका दुईवटा हात्तीहरू बस्तीमा प्रवेश गरेर जित बहादुर योन्जन,जय किशुन महतो र त्यहि वडामा पर्ने जङ्गहा खोलाको पशाचिम पट्टि रहेको पासमानटोलका बुद्धिमान सिंगदेल र सोम बहादुर तमाङको घर भत्काएको हो ।
हात्तीले घर भत्काउन थालेपछि स्थानीयले भागेर ज्यान बचाएका थिए । विगत केही दिनदेखि मधेस प्रदेशको धनुषा र महोत्तरीमा जंगली हात्ती बस्तीमा छिरेर आतंक मच्चाउने गरेको छ । आईतवार राति मात्र हात्तीले धनुषाको ढल्केवरमा ७ वटा घर भत्काएका थिए । त्यहि हात्तीको झुन्ड बडहरी खोला हुँदै हातिलेट प्रवेश गरेको अनुमान गरिएको छ । मगलवार राती हात्ती गाैशाला काे वडा न ११ र १२ मा देखिएकाे हाे ।