राजेश सिंह
महोत्तरी,७ भदौ ।
नगर शिक्षकका लागि यथाशीघ्र परीक्षाको मिति तोकी परीक्षा लिएर विद्यालयहरुमा शिक्षकको आपूर्ति गरी शिक्षाको अन्यौलता अन्त्य गर्न एकीकृत अखिल नेपाल शिक्षक संगठन गौशाला नगर कार्य समिती महोत्तरीले आग्रह गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र परीक्षाको मिति तोकी परीक्षा लिएर विद्यालयहरुमा शिक्षकको आपूर्ति गरी शिक्षाको अन्यौलता अन्त्य गर्न गौशाला नगर कार्य समितिका अध्यक्ष महाबिर सिंह कुशवाहाले नगर प्रमुखः डा. दिपेन्द्र महतोलाई प्रेस विज्ञप्ति बुझाए ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा उल्लेखः बिगत छ महिनादेखि महोत्तरीको गौशाला नगरपालिकाको आन्तरिक आम्दानीको श्रोतबाट सामुदायिक विद्यालयहरुको पठनपाठनलाई टेवा पुर्याउन खटाइएको करार नगर शिक्षकहरुको म्याद थप आर्थिक वर्ष २०७९।०८० देखि नगरिएको हुँदा विद्यालयको नगर शिक्षकहरु विस्थापित भई पठनपाठन प्रभावित रहेको व्यहोरा अवगत नै छ ।
यी समस्याहरुलाई समाधान गर्न पुनः ५७ जना नगर शिक्षकहरुको विज्ञापन भएको कुराले विद्यालयमा कार्यरत शिक्षक एवं विद्यार्थीहरुमा उत्साह जागेको जगजाहिर छ तर श्रावण २९ गते आवेदन फारमको अन्तिम मितिदेखि आज भाद्र ७ गते सम्म परीक्षाको मिति नतोकिनुले शिक्षा क्षेत्र अस्तव्यस्त भइरहेको कुरा प्रति ध्यानाकर्षण गराउदै यथाशीघ्र परीक्षाको मिति तोकी परीक्षा लिएर विद्यालयहरुमा शिक्षकको आपूर्ति गरी शिक्षाको अन्यौलता अन्त्य गर्न यस संगठनले आग्रह गरेका छन् ।