महोत्तरी ।
महोत्तरीको पिपरा गाउपालिकाका विभिन्न सामुदायिक विद्यालयमा कक्षा २ का विद्यार्थीहरुलाई गणित विषय अध्यापन गराउने शिक्षकहरुलाई अतिरिक्त शिक्षक पेशागत विकास तालिम दिइएको छ । पिपरा गाउँपालिकाको आयोजना, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग जाईका आईमिन परियोजनाको सहयोगमा उक्त तालिम दिइएको हो ।
भाद्र १ देखि ५ गते सम्म संचालन भएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै जाईका आईमिन परियोजनाका जिल्ला परियोजना अधिकृत विनयबाबु ढकालले शिक्षकको ज्ञान र सीप विकास गरी गणित विषयमा गुणस्तर बृद्धि गर्दै एकिकृत पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धी हासिल गर्दै बालबालिकाको सिकाई मा सुधार गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।
नेपाल रेडक्रस सोसाईटी जलेश्वरको सभाहलमा सम्पन्न उक्त तालिमको समापन कार्यक्रममा पिपरा गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत शम्भु ठाकुरले शैक्षिक गुणस्तर बृद्धि गर्न तालिमले सघाउ पुग्ने हुँदा सिकेको ज्ञान तथा सिपलाई कक्षा कोठामा उर्तान आग्रह गरे । उनले शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यता शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भरतबाबू सुवेदीले तालिम विद्यार्थीको दैनिक शिक्षण सिकाई सँग जोडिएको विषयबस्तु भएकोले शैक्षिक सामाग्रीहरुको उचित र अधिकतम प्रयोग, पाठ्यपुस्तक, स्वअध्याय सामाग्रीको प्रयोग र शिक्षण सिकाईका दौरान अधिकतम उदाहरण प्रस्तुत गर्दै गणित विषयको शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो हुने बताए ।
उनले प्रारम्भिक कक्षामा नै गणितको जग राम्रो हुनु पर्ने समेत थपे । कोरोनाका कारण विद्यालय बन्द हुदा बालबालिकामा शैक्षिक क्षति भएका कारण शिक्षकले नै उनीहरुको अवस्था, समस्या बुझ्दै बालबालिकाको सिकाईमा सहयोग गर्न उनले आग्रह समेत गरे ।
त्यस्तै पिपरा गाँउपालिकाका शिक्षा शाखा प्रमुख राजकिशोर झाले तालमिमा सिकेका सिपहरुलाइ कक्षा कोठामा व्यबहारीक रुपमा लागु गर्न निर्देशन दिए । उनले अवको शिक्षामा शिक्षकले शिक्षण मात्र गर्ने नभइ सहजीकरणका माध्ययमबाट बालबालिकामा सिकाइ दिगो बनाउन सकिनेमा जोड दिदै तालिमले दिएका ज्ञान, सिपलाइ कक्षा कोठामा उर्तान अनुरोध गरे ।
तालिममा पिपरा गाउपालिका अन्तर्गतका १६ सामुदायिक विद्यालय र ३ धार्मिक विद्यालयका कक्षा २ मा अध्यापन गराउने शिक्षकहरुको सहभागिता रहेको थियो ।