महोत्तरी,३ भदौ ।
महोत्तरी गाउपालिका अध्यक्ष दिलीप पाण्डेय का सवारी चालक महोत्तरी गाउपालिका १ सोनुखड़ा निवासी रहमतुल्ला राइनको डयूटी मैं रहेको बेला हृदयाघात ले मृत्यु भएको छ।
जिल्ला समन्वय समितिको सभा कक्षमा महोत्तरी गाउपालिका का कर्मचारी हरुको क्षमता अभिबृद्धिको दुइ दिने कार्यकम रहेकोमा सोहि कार्यक्रममा गाउपालिका अध्यक्षलाई सहभागी हुन लिएर आएका राइन सोहि ठाउँको गोलघर मा बसिरहेको बेला अपरान्ह २ बजे अचानक कुर्सिबाट लडेर बेहोस भएका थिए।
उनलाई तत्काल प्रादेशिक अस्पताल लगिएकोमा चिकित्साकले उनलाई मृत घोषणा गरेका हुन ।
प्रत्यक्षदर्शी हरुले उनमा बिरामी जस्तो केहि लक्षण नदेखिएको बताउदै कुरा गर्दा गर्दै अचानक लडेको बताए ।
पालिका अध्यक्ष कार्यक्रम मा व्यस्त रहेको बेला उनि केहि बेर अघि मात्र जुम्मा को नवाज पढेर आएको उनीहरुले बताए ।
मृतक राइनको हालसालै बिहे भएकोमा उनकी श्रीमती गर्भवती रहेको महोत्तरी गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत रंजीत पाण्डेयले बताए ।