शिवम कुमार झा
जलेश्वर ।
डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरोधमा सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेको छ । बुधवार जनमत पार्टीका विद्यार्थी नेता बिश्वनाथ चौधरीको संयोजनमा नगरभित्र विरोध र्याली प्रदर्शन गरिएको हो । नगरपालिका चोकमा कोणसभामा परिणत भएको र्यालीलाई सम्बोधन गर्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपतिको पुतला समेत जलाएका थिए ।