शसस्त्र प्रहरीले सिमा सुरक्षाको ड्युटी पाएको हामी सवैले बुझेका छौ । सिमामा आपराधिक गतिविधी रोक्ने देखि आफ्नो सिमाको रक्षा गर्ने जिम्मेवारी शसस्त्र प्रहरीकै छ । सिमामा तस्करी,हाथहथियार,लागुऔषध लगायतका अनेकौ कार्यमा शसस्त्र प्रहरी खटिनु पर्ने हुन्छ । तर योसंगै महोत्तरीको शसस्त्र प्रहरीले चेलीबेटी बेचविखन विरुद्ध समेत आफ्नो कार्यकुशलता देखाउदै आएको छ । शसस्त्र प्रहरीले भारतमा बेचिने आशंकामा दुई दर्जन भन्दा वढी चेलीको उद्धार गरिसकेको छ । भारतमा एक्कै पटक कलाकार बन्न भनेर हिडेको बयान दिएकि भंगहा नगरपालिका ८ धर्मपुरको सातजना चेलीको भारतबाट उद्धार गर्नु होस वा सामाजिक संजालमै माया प्रेम बसेको भन्दै कथा बुनेर एक नेपाली चेलीलाई भारतिय युवकले सिमा पार गर्न खोजेको समय होस शसस्त्र प्रहरीले यिनलाई रोक्न सफल भएको छ । यो भने शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका ईन्चार्ज शसस्त्र प्रहरी निरिक्षक बिर्ख बहादुर शाहीको कमाण्डमा रहेको टोलीबाट सम्भव भएको हो ।
नाका भएर भारत प्रवेश गर्न खोज्ने वा भारतबाट नेपाल प्रवेश गर्ने बालिका र युवतीहरुलाई संगै आउने युवकले बेच्न समेत सक्ने भएकोले सम्भावित चेलीबेटी बेचविखनलाई रोक्न आफुहरु नाकामा चनाखो भएर बसेको शसस्त्र प्रहरी निरिक्षक शाही बताउछन । उनी प्राय शसस्त्र प्रहरीले नियन्त्रणमा लिने यस्ता जोडीहरुको उमेर नै नपुगेको,घरबाट पैसा र गरगहना लिएर भागेको,परिवारको जानकारी बिना नै भागेको पाइएको बताए । शसस्त्र प्रहरीले यसरी नाकामा पक्राउ परेका युवती र युवकहरुलाई ओरेक नेपालको जिम्मा दिदै आएकोमा पछिल्लो समय प्रहरीलाई नै बुझाउने गरेको उनले बताए ।
उनले नाकामै चेलीबेटी बेचविखन विरुद्ध अभियान चलाउने संघसंस्थाकै समेत ड्युटी हुदा झनै सहज हुने बताउदै आफुहरुले अहिले नाकाबाट उद्धार गर्दै आएकोहरुको संख्या यस्ता संस्थाहरुको सहयोगमा अझै बढ्ने र धेरै भन्दा धेरै चेली बेचिन,ठगिमा पर्न र हिंसामा पर्नबाट जोगिन सक्ने बताए ।
यता ओरेक महोत्तरी कि कार्यक्रम अधिकृत लिला दियालीले महोत्तरीको नाका हुदै अत्यधिक संख्यामा छोरी चेलीहरु भारत पस्ने र उतै हिंसा तथा बेचविखनमा पर्ने भएकोमा शसस्त्र प्रहरीको सहयोगले धेरै यस्ता छोरी चेलीको उद्धार भएकोमा शसस्त्र प्रहरीको यस सराहनियक कार्यको लागि धन्यवाद व्यक्त गरेकि छिन । शसस्त्र प्रहरीले विगतमा धेरै यस्ता उमेर नै नपुगेर लहैलहैमा लागेर भाग्न खोजेकि चेलीहरुलाई उद्धार गरि आफुहरुलाई जिम्मा लगाएको बताउदै नाकामा महिलाको क्षेत्रमा काम गर्ने संघसंस्थाले ड्युटी नै खटाउनु पर्ने बताईन ।
उनले दैनिक नाकाबाट चेलीहरु भारत जाने गरेको सम्झदै शसस्त्र प्रहरीसंगै संघसंस्थाकै तर्फबाट एकजना ड्युटी खटाउन सकिए चेलीहरुको उद्धारमा झनै सहयोग पुग्ने बताईन ।
शसस्त्र प्रहरीले आईतवार रातीमात्र एक २० वर्षिय युवक र १७ वर्षिय युवतीलाई भारत तर्फ जादै गरेको अवस्थामा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ ।