महोत्तरीको पिपरा गाउपालिका स्थित पिपरा जनता अस्पतालले २४ घन्टा सेवा सुचारु गरेको छ । आईतवार पुर्वमन्त्री हरि नारायण यादवले उदघाटन गरे पश्चात सेवा सुचारु भएको हो । पिपरा जनता अस्पतालमा सडक दुर्घटना देखि अन्य विभिन्न कारणले विरामी भएकाहरुको अव सोहि अस्पतालमा राखि २४ घन्टे उपचार सम्भव भएको हो ।
२५ शैयाको उक्त अस्पतालले स्वास्थ्य चौकी सरह उपचार गर्दै आएकोमा पिपरा गाउपालिका अध्यक्ष रामजानकी यादव तथा उपाध्यक्ष बन्दना पाण्डेयको विशेष पहलमा अस्पतालमा चौविस घन्टे सेवा सुरु भएको हो ।
उक्त सेवा विस्तारको उदघाटन समारोहमा मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा,साँसद अभिराम शर्मा सहितको विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थिति वक्ताहरुले यस सेवाको विस्तारले अव पिपरा वरपरका सवै जनताले आफ्नै गाउठाउमा सेवा पाएपछि उपचार गराउन सहज हुने प्रतिकृया दिएका छन । प्रमुख अतिथि पुर्वमन्त्री यादवले यस क्षेत्रको जनताको ठुलो सपना साकार भएको बताउदै अस्पतालमा विस्तारै अझै दक्ष जनशक्तिका साथै अन्य सेवाहरु सुचारु गर्दै लग्न गाउपालिका अध्यक्ष यादवलाई सल्लाह दिए ।