महोत्तरी कि कुमारी आमा निहारिकाका आरोपी बुधवार देखि दैनिक उच्च अदालतको निगरानीमा बस्न थालेको छ । गत असार २ गते न्यायाधिश गुणराज ढुंगेल र रामेश्वर रेग्मीले प्रत्यर्थी झिकाउने आदेश दिएकोमा असार २२ गते बुधवार भएको दोस्रो पेशीमा आफै अदालत हाजिर भएका आरोपी धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका शिवराज श्रेष्ठ अर्को पेशीसम्म दैनिक अदालतमा हाजिर भएर अदालतको निगरानीमा बस्ने भएका छन ।
यता गत बुधवार भएको दोस्रो पेशीमा कुमारी आमा निहारिकाको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । प्रत्यर्थी झिकाउने आदेश दिएका न्यायाधिश गुणराज ढुंगेल र रामेश्वर रेग्मी मध्ये गोलाप्रथामा दोस्रो पेशी समेत सोहि मध्येका न्यायाधिश गुणराज ढुंगेलकै फाँटमा परेपछि मुद्दा हेर्न नमिल्ने मा राखिएको हो । अर्को पेशी साउन १८ गते तोकिएको छ । शिवराजमाथी कुमारी आमा निहारिकाले जवरजस्ती करणीको मुद्दा लगाएकि छिन ।