महोत्तरीमा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ । सप्ताहव्यापीरुपमा मनाइएको उक्त दिवस जिल्ला प्रसासन कार्यालय महोत्तरीको आयोजनामा मनाइएको हो । विगत एक साता देखि विभिन्न जनचेतना मुलक कार्यक्रम गरि आईतवार प्रभातफेरी गर्दै कार्यक्रम समापन गरिएको छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले नेतृत्व गरेको उक्त कार्यक्रमको समन्वय ओरेक महोत्तरी र स्पर्श नेपालले गरेको थियो ।
लागु औषधकै कारण युवा पुस्ता अन्धकारमा गईरहेको र समाजमा यसले आपराधिक गतिविधी गराई समाजलाई यसले वर्वाद गर्न लागेकोमा लागु औषध नियन्त्रण हुनु पर्ने उदेश्य सहित दिवस मनाइएको महोत्तरीका सहायक प्रमुख जिल्लाअधिकारी उपेन्द्र न्यौपानेले वताए । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले महोत्तरीमा दैनिक लागु औषध सेवन गर्ने तथाओसार पसार गर्नेहरु पक्राउ परिरहेपनि यसको नियन्त्रण अझै हुननसकेको बताउदै घर परिवारबाटै गलतको बचाउको लागि पहल हुने गरेको थपे । लागु औषध सेवन गर्ने तथा ओसार पसार गर्नेलाई परिवार र समाजबाट समेत सुधारको प्रयास हुनु पर्नेमा सो नभएकोले समेत यसको सेवनकर्ता र ओसार पसार गर्नेहरुको संख्या अत्यधिक रहेको उनले थपे ।
यता ओरेक महोत्तरी कि कार्यक्रमअधिकृत लिला दियालीले यसको नियन्त्रण आवश्यक रहेको बताउदै युवा पुस्तालाई यस्तो कुलतबाट निकाल्न परिवार र समाजको योगदान अपरिहार्य रहेको बताईन । कार्यक्रममा जिल्ला प्रसासन कार्यालय र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरुका साथै मानव अधिकारकर्मी,महिला मानव अधिकार रक्षक संजाल तथा विभिन्न संघसंस्थाको उपस्थिति रहेको थियो ।