जलेश्वर नगरपालिकाले नवौं नगरसभाको उदघाटन सत्र सम्पन्न गरेको छ । पुर्व मन्त्री हरि नारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न नवौं नगरसभाको उदघाटन सत्रमा मेयर सुरेश साह सोनारले ७२ करोड १५ लाखको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री यादवले कार्यक्रमको सफलताको कामना गर्दै मेयर सोनार सहित वर्तमान कार्यपालिका सहितको जनप्रतिनिधीले जलेश्वर नगरपालिकाको आमुल परिवर्तनमा सम्वाहकको भुमिका निर्वाह गर्ने बताए । उनले वर्षौ देखि उपेक्षित रहेको जलेश्वर नगरपालिकाले अव विकासमात्र देख्ने बताउदै जलेश्वर नगरपालिकालाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न जनप्रतिनिधीलाई सुझाए ।
यता मेयर सोनारले संघ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै सहभागितामूलक शासन व्यवस्था मार्फत लोकतान्त्रिक गणतन्त्रका लाभांसहरु समानुपातिक समावेशी हिसाबले जनताको घर दैलोमा पुर्याउने तथा कार्यकारिणी, विधायकी र न्यायिक अधिकारको सन्तुलित अभ्यास गरी स्थानीय नेतृत्वको विकास गर्ने र स्थानीय शासन पद्धतिलाई सुदृढ, सेवामूलक, जनउत्तरदायी, पारदर्शी र चुस्त बनाई सुशासन कायम गर्ने उद्देश्य जलेश्वर नगरपालिकाको रहेको आफ्नो नीति तथा कार्यक्रम प्रस्तुतिकरणमा भनेका छन ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधीसंगै महोत्तरीका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकाय प्रमुखहरु,विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु,संघसंस्थाका प्रतिनिधीका साथै नगरपालिका आवद्ध विभिन्न शाखाका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
जलेश्वर नगरपालिकाले प्रस्तुत गरेको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रमको पुर्ण पाठ
आर्थिक वर्ष २०७९÷०८०
नीति तथा कार्यक्रम
जलेश्वर नगरपालिका
जलेश्वर महोत्तरी, मधेश प्रदेश
जलेश्वर नगरपालिकाको नवौं नगरसभा उदघाटन सत्र नीति तथा कार्यक्रम नगर प्रमुख श्री सुरेश साह सोनारद्वारा प्रस्तुत आ.व. ०७९÷०८० को नीति तथा कार्यक्रम
जलेश्वर नगरपालिकाको नवौं नगरसभामा सहभागी जिल्ला समन्वय समितिका प्रमुखज्यू,नगरपालिकाका उप–प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगर सभाका सम्पूर्ण सदस्यज्यूहरु तथा कर्मचारीहरु लाई मेरो व्यक्तिगत तर्फबाट तथा जलेश्वर नगरपालिकाको तर्फवाट न्यानो अभिवादन गर्दछु। यस गरिमामय नगरसभामा सबैलाई हार्दिक स्वागत समेत गर्दछु। सर्वप्रथम म राष्ट्रिय अखण्डता, संघीयता, राष्ट्रियहित,लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका ऐतिहासिक जनआन्दोलन तथा मधेश र मधेशीका स्वायतत्ता र अधिकारका लागि भएका महान मधेश आन्दोलन काक्रममा आफनो प्राणको अहुती दिने सम्पूर्णज्ञात अज्ञात वीर भूमिपुत्र शहीदहरु प्रति भाव पूर्णश्रद्धाञ्जली अर्पण गर्दछु। साथै आन्दोलनको क्रममा घाइतेभएका आन्दोलनकारी योद्धाहरुको सिघ्र स्वास्थ्य लाभ र दिर्घायुको कामना गर्दछु।
नेपालमा संविधान सभाबाट घोषणा भएको पहिलो संघीय संविधानको व्यवस्था अनुसार भएको स्थानीय निर्वाचनबाट हामीजन प्रतिनिधिहरु निर्वाचित भएका छौं । संवैधानिक रुपमा अधिकार सम्पन्न स्थानीय सरकारको तर्फबाट यस सार्वभौम नगरसभामा चालु आ.व. ०७९÷०८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु । यो सौभाग्य र अवसर जुराईदिन नगर प्रमुख जस्तो गरिमामय पदमा आफनो अमूल्य मत दिई मलाई निर्वाचित गराउनु हुने समस्त जलेश्वर नगरवासीलाई म हृदय देखि नै कृतज्ञता तथा आभारका साथ धन्यवाद ज्ञापन गर्दछु।
संघ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै सहभागितामूलक शासन व्यवस्था मार्फत लोकतान्त्रिक गणतन्त्रका लाभांसहरु समानुपातिक समावेशी हिसाबले जनताको घर दैलोमा पुर्याउने तथा कार्यकारिणी, विधायकी र न्यायिक अधिकारको सन्तुलित अभ्यास गरी स्थानीय नेतृत्वको विकास गर्ने र स्थानीय शासन पद्धतिलाई सुदृढ, सेवामूलक, जनउत्तरदायी, पारदर्शी र चुस्त बनाई सुशासन कायम गर्ने उद्देश्य स्थानीय सरकारको रहेको छ । योउद्देश्य जसरी भएपनि पुरा गर्ने अठोट हामी सबै जनप्रतिनिधिले लिएका छौं र जनादेशलाई आत्मसाथ गर्दै अघि बढन हामी सबै प्रतिबद्ध छौ।
नेपालको पछिल्लो राजनैतिक विकासको परिणाम स्वरुप जारी भएको संविधानले गरेको व्यवस्था बमोजिम गणतान्त्रिक नेपालको स्थानीय तहको दोश्रो निर्वाचन २०७८ साल बैसाख महिनामा सम्पन्न भई परिवर्तित संरचनामा स्थानीय सरकारको हैसियतमा प्राप्त जिम्मेवारी अत्यन्तै जिम्मेवारी पूर्वक निभाउनकालागि सम्पूर्ण राजनैतिक दलको सहयोग र सुझाव तथा नागरिक समाज लगायत सबै सरोकारवालाहरू सँग सहकार्य र समन्वयमा नगरपालिका संचालन गर्ने व्यहोरा निवेदन गर्न चाहन्छ।
संविधान (२०७२) बमोजिम राज्य पुनःसंरचनाको क्रममा साविक क्षेत्रफलमा थप भई २०७३ सालमा पुनःसंरचना भईजलेश्वर नगरपालिका संचालन हुदै आएको छ। नेपालको तराइ भू–भागमा रहेका जिल्लाहरु मध्ये संघिय गणतन्त्र नेपालको मधेश प्रदेशमा अवस्थित महोत्तरी जिल्ला आर्थिक, समाजिक, राजनैतिक, साँकृतिक एवं पूर्वाधार विकासको दृष्टीकोण वाट सक्षम तथा विकसित रहेको छ। यस जिल्लाको पूर्वमा धनुषा, पश्चिममा सर्लाही, उत्तरमा सिन्धुली र दक्षिणमा मित्र राष्ट्र भारत पर्दछ । त्यसैले तराइको फाँट उत्तरी भेगमा रहेको जंगल खोल्सा खोल्सी खाँच र वेसी तथा अन्य प्राकृतिक सम्पदाहरुले भरिएको यो जिल्ला रणनितिक हिसावले महत्वपूर्ण छ ।
महोत्तरी जिल्लामा महोत्तरी वर्दिवास, गौशाला, लोहारपट्टी, रामगोपालपुर, मनरासिस्वा, मटिहानी, भंगहा, बलवा, औरही र जलेश्वर नगरपालिका तथा एकडारा, सोनमा, सम्सी, महोत्तरी र पिपरा गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेका छन ।
जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको सदरमुकाम रहेको छ । यहाँको तापक्रम अधिकतम ४२ डिग्रि सेन्टीग्रेड र न्यूनतम तापक्रम १२ डिग्री सेन्टीग्रेड भएको तराइ क्षेत्र हो । महोत्तरी जिल्लाको दक्षिणमा अवस्थित ४४.२६ वर्ग किलोमिटर क्षेत्रफल रहेको जलेश्वर नगरपालिकामा साविक अनकार, पर्सापतैली, पिगौना, सुगा, फुलहट्टा परिकौली, नैन्ही थरुवाही गाविसलाइ समायोजन गरी गठन गरिएको छ । साविकको छ वटा गाविसलाइ समायोजन तथा विभाजन गरी जम्मा हालको १२ वटा वडा मार्फत नागरीकहरुलाइ सेवा सुविधा प्रदान गरिएको छ ।
२०७८ सालमा सम्पन्न जनगणना अनुसार जलेश्वर नगरपालिकाको जनसंख्या महिला ३१८८१ र पुरुष ३१६२० गरी कुल जनसंख्या ६३५०१ रहेको छ भने घर धुरी संख्या १०६०७ र परिवार संख्या १३६८५ रहेको छ ।
आदरणीय सभा सदस्यज्यूहरु अब म चालु आ.व. ०७८÷०७९को निति तथा कार्यक्रमहरु प्रस्तुत गर्न अनुमति चाहन्छु।
क. भौतिक पूर्वाधार तथा संरचना विकासः
१. दिगो नतिजामूलक विकासको लागि आवश्यक गुरुयोजना तयार गरी अगामी वर्ष आवधिक नगरविकास योजना भू–उपयोग योजना एवं प्रकोप व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा जोड दिईने छ ।
२. सम्भावित प्रकोप, दुर्घटना र आम नगरवासीको सुरक्षाको लागि शहरी विकास मन्त्रालयबाट जारी संघिय मामिला तथा स्थानिय विकास राष्ट्रिय भवन सहिता एवं भवन निर्माण मापदण्ड मन्त्रालयबाट जारी वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभुत मार्गदर्शन २०७२ लाई कडाईका साथ लागु गरिने छ ।
३. उत्तर दक्षिण राजमार्ग नेपाल सरकार सडक विभागको मापदण्ड अनुसार (क) वर्गका प्रमुख सडकहरू १४ मीटर (ख) वर्गका मुख्य शाखा सडकहरू १० मिटर (ग) वर्गका भित्री शाखा सडकहरू ६ मिटर र पुराना बस्तीहरुका साँघुरा सडकहरुलाई समेत प्रत्येक घर सम्म एम्बुलेन्स, दमकल पुग्नसक्ने गरी कम्तीमा ४ मिटर वा सो भन्दा नक्सामै बढी भएमा नक्सा अनुसार सडक चौडा गरी मात्र सडक मर्मतका स्वीकृत आयोजनाहरु मर्मत संभार र स्तरोन्नती गरिने छ।
४. कम्तीमा ८ मिटर चौडा सडक संग जोडिएको प्लटमा भित्री सडकहरु कम्तीमा ६ मिटर चौडा गरी खानेपानी, विद्युत पोल ढल र सडकको स्तरोन्नती समेत गर्ने शर्तमा कानुन बमोजिम नयाँ प्लटिङ्गको अनुमति प्रदान गरिनेछ । साथै अब खोलिने सबै नयाँ सडकहरुको चौडाई कम्तीमा ६ मिटर चौडा हुने छ ।
५. विकास निर्माणमा प्रयोग हुने निर्माण सामाग्री र कच्चा पदार्थ नगरस्तरीय मापदण्ड तोकी सोही बमोजिम मात्र प्रयोगमा ल्याई पूर्वाधार विकासको गुणस्तर कायम गरिने छ ।
६. आकस्मीक मर्मत संभारको लागि मर्मत संभारकोषको व्यवस्था गरी संचालनमा ल्याईने छ ।
७. नगरमा संचालन हुने सबै आयोजना र कार्यक्रमहरु सम्भाव्यता स्थानिय आवश्यकता र प्राथमिकता एवं लाभान्वित वर्गको चाहना अनुरुप वातावरण मैत्री पूर्वाधार विकास हुने गरी विधि सम्मत प्रकृयाबाट संचालन गरिने छ ।
८. ५ लाख भन्दा माथिका आयोजनाहरुमा आयोजना स्थलमा योजना सम्बन्धि जानकारी गराउन अनिवार्य रुपमा विस्तृत विवरण सहित होर्डिङ्ग बोर्ड लगाईने छ ।
९. वढ्दो सार्वजानिक जग्गा तथा सडक अतिक्रमणलाई स्थानिय जनसहभागितामा नियन्त्रण गरी ऐतिहासिक, धार्मिक स्थलहरुका साथै सार्वजानिक जग्गाहरु खोजी संरक्षण गरिने छ ।
१०. प्रत्येक वर्ष उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गर्ने र खराब आचरण भएका उपभोक्ता सहयोगीहरुलाई दण्ड सजाय गर्ने नीति लिई गुणस्तरीय विकास निमार्णमा जोड दिईने छ।
११. एक नगर एक बहु–उपयोगी पोखरीको अवधारणा अनुसार यस नगरको सबै पोखरीलाई रमणीय र धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना बनाई बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल गरिने छ ।
१२ . सिचाईका मुहानहरु सुक्दै गएको र वर्तमान अवस्थामा कृषकहरुको हकहितलाई ध्यानमा राखी नगरभित्रका सिचाँई बाँध तथा पैनीहरुको मुहान संरक्षण, मर्मत संभार तथा सिचाई सुविधाको लागि सम्बन्धित निकायमा पहल गरिने छ ।
१३ . नगरक्षेत्रको उपर्युक्त स्थानमा भ्यु टावर निर्माणको सम्भाव्यता अध्ययन तथा वजेट व्यवस्थापनको लागि आवश्यक पहल गरिने छ ।
१४. नगरपालिकाको स्रोत साधनले सम्भव नहुने योजनाहरुलाई प्रदेश तथा केन्द्र स्तरका सम्बन्धित निकायमा योजना कार्यान्वयनका लागि सिफारिस गरी पठाईने छ ।
१५. नगरपालिकाको उपयुक्त स्थान छनौट गरी सवारी साधन पार्किङ्गको व्यवस्था अविलम्ब मिलाइनेछ।
१६. सम्पूर्ण नगरबासीलाई बजारसम्म सहज पहुँच हुने व्यवस्था मिलाउन सबै वडाबाट नगर बस संचालनमा ल्याइने छ।
१७. विस्तारित समृद्ध नगर विकासको उद्देश्य सहित नगरपालिका क्षेत्रमा रिङ रोड सहित बसपार्क को निर्माण यसै बर्ष शुरु गारिने छ।
१८. जलेश्वर स्थित वडा नं. १ मा रहेको स्मशान घाटलाई जिर्णोद्धार गरी व्यवस्थित गरिनेछ।
ख. महिला, बालबालिका तथा अन्य लक्षित समूह विकास ः
१. सबै लक्षित वर्गको पूर्वाधार विकासको लागि विनियोजित रकमबाट छनोट गरीएका आयोजना र कार्यक्रमहरु सम्बन्धित लक्षित वर्गकै सहभागितामा संचालन गरिने छ ।
२. विपन्न तथा पिछडिएका वर्गका महिलाहरुलाई लक्षित गरी समग्र महिलाहरुको सशक्तिकरण र अमता विकास सम्बन्धि कार्यक्रम संचालन गरिने छ ।
३. बालमैत्री स्थानिय शासनको अवधारणालाई संस्थागत विकास गर्ने नीति लिईने छ ।
४. बाल संजाल एवं बालबालिकाको क्षमता विकास सम्बन्धि कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।
५.अपाङ्गता भएका व्यक्तिहरुको सम्पर्क हुने सबै भौतिक संरचनालाई आपाङ्ग मैत्री बनाउदै लगिनेछ।
६. बालिकाहरुको शिक्षाको हक कार्यान्यन गर्न बालिका संरक्षण कोष स्थापना गरिने छ।
७. जेष्ठ नागरिकहरुको सामाजिक पहिचान, सम्मान एवं सामाजिक सुरक्षमा विषेश जोड दिईने छ ।
८. दलित एवं आदिवासी÷ जनजाती मधेशी, मुस्लिम, पिछडा वर्ग हक अधिकारको प्रर्वद्धन एवं निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्दै सशक्तिकरणका कार्यक्रमहरु संचालन गरिने छ।
९. महिला, बालबालिका आदिवास÷ जनजाती, मधेशी, मुस्लिम, पिछडा वर्ग, दलित, भिन्न क्षमता भएका व्यक्ति, लैङ्गिक अल्प संख्यक जेष्ठ नागरिकहरुको सशक्तिकरण, क्षमता विकास तथा सिप विकासका लागि सिपमूलक, चेतना मूलक कार्यक्रमहरु संचालन गरिने छ ।
१०. शहिद परिवारको सम्मान र सहयोगका लागि शहिद परिवार सहयोग कोष स्थापना गरिने छ।
११ . बजार क्षेत्र बाहेक आवासीय क्षेत्रबाट २५० मिटर सम्मको दुरीमा मदिरा पसल राख्न नपाउने गरी नियम लागु गरिनेछ ।
१२ . अनाथ वालवालिकाहरुका लागि अनाथालय तथा वृद्धाहरुका लागि वृद्धाश्रम स्थापनाका लागि पहल गरिनेछ ।
१३ . आपाङहरुका लागि सहायक सामाग्री वितरण गर्नका साथै आपाङ्ग नगर संजाल गठन गरिनेछ ।
१४. वालवालिकाहरुको लागि पूर्ण खोप अभियान कार्यक्रम संचालन गरिनेछ ।
१५. महँगाई लाई मध्य नजर गरी गरिबी रेखामुनी रहेका मध्यम घरपरिवारलाई खाना पकाउने ग्यास तथा चामल दालमा अनुदानको व्यवस्था गरिनेछ।
ग. वातावरण संरक्षण, खानेपानी तथा सरसफाईः
१. “पवित्र सुन्दर हरित समृद्ध, जलेश्वर“ भन्ने नारालाई सार्थक तुल्याई नगरपालिकालाई पूर्ण सरसफाई युक्त बनाउन सरसफाईमा नमुना शहरको रूपमा स्थापित गरिने छ ।
२. नगरपालिकामा १०० दिने स्वच्छता अभियान संचालन गरी नगरपालिकालाई फोहोर मुक्त) बनाइनेछ।
३. खाली पर्ती जग्गा तथा सडकको दायाँ बाँया उपभोक्ता समुह, विद्यालय परिवार र नागरिक समाज मार्फत वृक्षारोपन कार्यक्रम संचालन गरी हरियाली प्रबर्द्धन गरिने छ ।
४. नगरको फोहरमैला व्यवस्थापनमा निजि क्षेत्र समेतलाई परिचालन गरी सार्वजानिक निजि साझेदारी (एएए ) मोडेलको अवधारणा अनुरुप कार्य गर्ने निति लिईने छ ।
५. सरसफाई सम्बन्धी बानी व्यहोरा परिवर्तन गर्न जनचेतना मूलक कार्यक्रम संचालन गरिने छ ।
६. फोहरलाई मोहरमा परिणत गर्न उदेश्यका साथ श्भचय ध्बकतभ अवधारणा अनुसार शुन्य फोहर अवस्था निर्माणका लागि फोहोरजन्य पदार्थहरुको श्रोतमा वर्गीकरण सहित संकलनका लागि हरियो,रातो र निलो अभियानलाई अगाडी बढाउन पहल गरिनेछ । फोहरको मात्रा घटाउने, जैविक तथा अजैविक फोहरजन्य पदार्थको पुनः प्रयोग र पुनः प्रशोधन बिधि (घच् ब्उउचयबअज,च्भमगअभ,च्भगकभ, च्भअथअभि) लाई प्राथमिकता दिइनेछ ।
७. जलेश्वर बजारमा बायो ग्याँस जडित शौचालय तथा निजी क्षेत्रको साझेदारीमा घुम्ती शौचालय व्यवस्थापन र संचालनको प्रबन्ध मिलाईने छ ।
८. ढल, नाला तथा लैण्ड फिल साईट व्यवस्थापनमा आवश्यक पहल गरिने छ ।
९. नगर क्षेत्र भित्र प्लास्टिक प्रयोगमा बन्देज लगाई सार्वजानिक निजि साझेदारी (एएए) मोडेलको अवधारणा अनुरुप वातावरण मैत्री झोला उत्पादन गर्न प्रत्साहित गर्दै प्रविधिमा आवश्यक सहयोग गरिने छ ।
१०. जथाभावी फोहर गर्ने, सार्वजानिक स्थान र सडकहरुमा अवरोध हुने गरी पशु चौपाया छोड्ने, बाटोमा चौपाया बाँध्ने तथा निर्माण सामाग्री राख्ने लाई फोहर मैला व्यवस्थापन ऐन तथा नियमावली अनुसार कार्यावाही गरिने छ ।
११. शौचालय बनाई प्रयोगमा ल्याएका घर परिवारलाई यथाशिघ्र सरसफाई कार्ड वितरण गरी उक्त कार्डलाई नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा अनिवार्य गरिने छ । साथै शौचालय नभएका घरधुरीलाई जनचेतना अभिवृद्धि गरी शौचालय निमार्णमा आवश्यक सहयोग गरिने छ । साथै वातावरणमैत्री स्थानीय शासनका सूचकहरु पुरा गराउने गरी सरसफाई अभियानलाई सामाजिक आन्दोलनको रुपमा अघि बढाईने छ।
१२ . नगर भित्रका सम्पूर्ण नालाहरुमा माथि स्लायबको व्यवस्था गरिने छ ।
१३ . जग्गा नभएका नागरिकहरुको हकमा समुदायमा आधारित शौचालयको निमार्ण गरी त्यसको संचालन तथा सम्बर्द्धनको लागि सरोकारवाला निकायमा हस्तातरण गरिने छ ।
घ. शिक्षा तथा खेलकुद मनोरन्जनः
१. मनिपाल ईन्जिनियरिङ्ग कलेज स्थापना गर्न नेपाल सरकार बाट स्वीकृती लिई मनिपालले स्थानीय जनताको खेती योग्य जग्गा खरिद गरेको तथा सो जग्गामा हाल सम्म कलेज स्थापनाका लागि निर्माण गर्न यस नगरपालिकाबाट भवन निर्माणका लागि नक्सा पास समेत गराई निर्माण सम्वन्धि हाल सम्म कुनै प्रकृया नगरेकोले सो कलेज स्थापना को लागि नेपाल सरकार तथा सम्वन्धित कलेज व्यवस्थापनसँग पहल गर्न कार्य टोली गठन गर्ने र सो टोलीले निर्माण सम्वन्धि प्रकृया सम्पन्न गर्न आवश्यक कार्य गरिनेछ।
१. राष्ट्रिय साक्षरता अभियानलाई प्रभावकारी बनाई यथाशिघ्र निरक्षरता उन्मुलन गरिने छ।
२. सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकास र शौचालय निर्माणका लागि आवश्यक अनुदान उपलब्ध गराइनेछ ।
३. शिक्षा क्षेत्रको खसकिदो गुणस्तरलाई ध्यानमा राख्दै नगरका सबै शिक्षण संस्थाहरुको नियमित अनुगमन र नियमन गर्दै गुणस्तरीय शिक्षामा जोड दिईने छ।
४. प्रत्येक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गराउनुका साथै उच्च शिक्षा हासिल गर्ने जेहेन्दार छात्र छात्राहरूका लागि छात्रवृति प्रदान गरिनेछ।
५. शिक्षकहरुका लागि तालिमको व्यवस्था गरिनेछ ।
६. नगरक्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा बाल विकास शाखा संचालनलाई निरन्तरता दिईनेछ।
७. नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा अनिवार्य विधुतीय हाजिरीको व्यवस्था कार्यन्वयनमा ल्याईनेछ।
८. नगरक्षेत्रको विद्यालयहरुमा कम्प्युटर उपलब्ध गराई प्रयोगात्मक कक्षालाई प्रभावकारी रूपमा संचालनमा ल्याईनेछ।
९. नगर क्षेत्रबाट उत्कृष्ट नतिजा ल्याउने शिक्षण संस्था तथा उत्कृष्ट छात्र छात्राहरुलाई पुरस्कार र सम्मानको व्यवस्था गरी प्रोत्साहन गरीने छ ।
१० . यस नगरको शिक्षा क्षेत्रको धरोहरको रुपमा रहेको रामानन्दन विशेश्वर महेन्द्र क्याम्पसको पर्याप्त भौतिक पूर्वाधारहरु भएता पनि नियमित आम्दानीका श्रोतहरु नहुदाँ संचालन खर्च न्युन भई पठनपाठनमा समेत समस्या देखिएकोले सम्भाव्य श्रोत पहिचान गरी संचालन खर्चको व्यवस्था मिलाउन उचित पहल गरिने छ ।
११ . खेलकुद क्षेत्रको विकासको लागि नगरका सबै वडामा खेल मैदानको व्यवस्थापन, बजार क्षेत्रमाकभर्ड हललाई व्यवस्थित तथा जलेश्वर २ को खेल मैदानलाई संरक्षण गरी क्षेत्रिय रङ्गशालाको रुपमा विकास गर्न गुरु योजना बनाई सम्बन्धित निकायमा वजेट व्यवस्थापनको लागि पहल गरिने छ। साथै खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गारिनेछ।
११. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेल कुदमा भाग लिने नगर क्षेत्र भित्रका उत्कृष्ट खेलाडी तथा जित हासिल गराउँन सहयोग पुर्याउने प्रशिक्षकज्यू हरुलाई प्रोत्साहन गर्न पुरस्कार र सम्मानको व्यवस्था मिलाईने छ ।
१२. नगर क्षेत्रमा व्यवस्थित र व्यवसायिक शिक्षाका लागि नर्सिङ क्याम्पस का साथै व्यवसायिक प्राविधिक क्याम्पस स्थापनाका लागि पहल गरिनेछ।
ङ. स्वास्थ्यः
१. नगरपालिका क्षेत्रमा जनस्वास्थ्य संग सम्बन्धित क्रियाकलापहरु संचालन गर्ने सबै सरकारी तथा गैरसरकारी संघ संस्था तथा निजि क्षेत्रहरु संग समन्वय गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्रोत्साहन गरिने छ ।
२. प्रादेशिक अस्पताल जलेश्वरको स्तरोन्नती र सेवा संचालनमा सहजता ल्याउन सरोकारवाला निकायहरु संग समन्वय गरी आधुनिक उपकरण सहित विषेशज्ञ चिकित्सक सहित सेवा प्रवाहको व्यवस्था मिलाउँदै सबै स्वास्थ्य चौकीहरुको समेत पूर्वाधार विकासमा आवश्यक सहयोग पुर्याई विभिन्न अति आवश्यक ९८ किसिमका औषधिहरू निःशुल्क उपलब्ध गराईनेछ ।
३. नगर भित्र आयुर्वेद चिकित्सा प्रणाली र योग शिक्षा संचालन गर्ने व्यवस्था अबिलम्ब संचालनमा ल्याईनेछ र आयुर्वेद चिकित्सा प्रणाली र योग शिक्षा संचालन गर्ने व्यक्ति र संघ संस्थाहरुलाई आवश्यक सहयोग र प्रोत्साहनको व्यवस्था गरिने छ ।
४. सर्वसाधारणका लागि नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाहरु मार्फत निशुल्क उपलब्ध गराउने औषधी तथा अन्य सेवाहरु पारदर्शी रुपमा वितरणको पहल गरिने छ ।
५. जलेश्वर नगर क्षेत्रवाट जनकपुर सम्म निःशुल्क एम्बुलेन्स सेवा अविलम्ब संचालनमा ल्याइनेछ।
च. कृषि तथा पशु विकासः
१. निर्वाहमुखि खेती प्रणालीलाई व्यवसायिक कृषि प्रणाली तर्फ उन्मुख गर्न आवश्यक पहल गरिने
छ।
२. अर्गेनिक तरकारी खेती तथा प्राङ्गारिक खेति कार्यक्रममा आवश्यक सहयोग गर्दै यस नगरमा युवास्वःरोजगार कार्यक्रम संचालन गर्न सम्बन्धित निकायम पहल गरिनेछ।
३. उन्नत पशु पालन, पशु विमा गोठ तथा भकारी सुधार जस्ता कार्यक्रमहरु संचालनमा विषेश पहल गरिने छ ।
४. जलेश्वर नगरपालिकामा कृषि तथा पशु पालनको प्रचुर सम्भावना रहेको र युवाहरु यस क्षेत्रमा आकर्षित समेत भएकोले यस सम्बन्धि प्राविधिक शिक्षाको लागि कृषि तथा पशु प्राविधिक शिक्षालय स्थापनाको लागि सम्बन्धित निकायमा आवश्यक पहल गरीने छ ।
५. एक नगर एक उत्पादनको लागि जलेश्वरको पहिचानको रुपमा रहेको आँप खेती र माछा पालनलाई प्रोत्साहन गरिने छ ।
६. कृषि क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि किसानलाई सहज तथा समयमै सहुलियत दरमा बिउ बिजन तथा कृषि उपकरण उपलब्ध गराईनेछ।
छ. विपद व्यवस्थापन, वन तथा भू–संरक्षणः
१. विपद् व्यवस्थापन विशेष कोषमा रकम विनियोजन गरी आकस्मिक विपद्हरुमा सम्बन्धित निकायहरुसंग समन्वय गरी सहयोग पुर्याईने छ ।
२. सम्भाब्य विपद् सम्बन्धि जनचेतना, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा पहल गरिने छ ।
३. जलवायु परिवर्तन अनुकुलन कार्य योजना निर्माण गर्न आवश्यक पहल एवं सम्बन्धित निकाय र संघसंस्थाहरु संग समन्वय गरिने छ । ४. नदी कटान र बाढी प्रभावित क्षेत्रको अध्ययन गरी नियन्त्रणात्मक कार्यक्रम संचालनमा जाड दिईने छ ।
५. वडा विपद व्यवस्थापन समिति र नगर विपद व्यवस्थापन समितिलाई क्रियाशिल गारन्छ।
६. सार्वजानिक पर्ति जग्गाहरुको खोजी गरी संरक्षण र वृक्षारोपन गर्ने तथा हरियाली प्रवद्धन गरिनुका साथै सार्वजनिक स्थलको रुख कटानीमा नियन्त्रण गरिनेछ ।
७. नगर क्षेत्रको पानी निकासका लागि ठोस योजना संचालनमा ल्याईनेछ।
ज. सहकारी क्षेत्रको विकास, गरिबी न्यूनीकरण र पर्यटन प्रवर्द्धनः
१. सहभागिताको माध्यमबाट ग्रामिण क्षेत्रमा समेत सहकारी क्षेत्रको परिचय र विकासका बारे मासामाजिक परिचालन मार्फत सचेतिकरण कार्यक्रम संचालन गरिने छ ।
२. विपन्न लक्षित समुह तथा शिक्षित बेरोजगार युवालाई रोजगारको अवसर प्रातिका लागि आय मूलक र सीपमूलक तालिम (जस्तै कम्प्युटर, ल्यापटप–प्रिन्टर रिपेयरिङ, व्यापार सम्बन्धि तालिम) प्रदान गरी लघुउद्यम संचालन र विकासको लागि प्राविधिक सहयोग गरी गरिवी न्युनीकरणमा टेवा पुर्याइने छ ।
३. नगरमा हुने विकास निर्माणका कार्यमा स्थानीय सिप, साधन र श्रोतको उपयोगलाई प्राथमिकतादिईने छ ।
४. जलेश्वर नाथ महादेव मन्दिर लगायत अन्य सबै मठ मन्दिरका साथै स्थानीय कला संस्कृतिको विकास र प्रवर्द्धन गरी जलेश्वरलाई धार्मिक पर्यटकीय गणतव्यको रुपमा विकास गरिनेछ।
५. जलेश्वर नगरपालिकालाई आकर्षणको केन्द्र बनाउन पोखरीहरूलाई सौन्दीकरण गरी प्रत्येक वडामा एउटा नमूना पार्कको निर्माण गरिनेछ । साथै बालबालिका का लागि छुट्टे पार्कको व्यवस्था गरिनेछ।
६. जलेश्वरनाथ महादेव मन्दिर एरियालाई बृहत धार्मिक पर्यटकीय क्षेत्र तथा भार्गवसर पोखरी क्षेत्रलाई नमूना पिकनिक स्पोटका साथै पर्यटकीय पडावको रुपमा विकास गरि एएए मोडलमा संचालनको व्यवस्था मिलाईने छ।
७. नगर क्षेत्र भित्र अन्य पर्यटकिय क्षेत्रको पहिचान गरी कार्य योजना सहित सम्बन्धित निकायमा वजेट व्यवस्थापनको लागि पहल गरिने छ ।
झ. राजश्व सम्भाव्यता, बजार र वात्तय व्यवस्थापनः
१. नगरवासीले तिर्ने कर शुल्क नै नगर समृद्धीको आधार हो भन्ने तथ्यलाई मनन गर्दै नतिजा मूलक दिगो विकासका लागि श्रोत जुटाउन नगरवासीहरुलाई बोझ नहने र सर्व स्वीकार्य हुन गरा सा वैज्ञानिक र प्रभावकारी कर प्रणाली लागू गरिनेछ । साथै लागि आएको कर दस्तुरलाई पूनर्मूल्यांकन गरिनेछ।
२. जलेश्वर नगरपालिकामा नापी नक्सा भई फिल्ड बुकमा रेकर्ड भएका तर श्रेस्ता कायम नभएका प्रसस्त जग्गाहरु रहेको र उक्त जग्गामा वर्षो देखि खन जोत र वसोवास गर्दै आएका जाम नगरवासीहरु नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट कानुनी रुपमा वञ्चित हुनु परिरहेका दुखद अवस्थालाई मध्य नजर गर्दै उनिहरुको भविष्यको सुनिश्चितत्ता र सेवा प्रवाहका लागि सम्बन्धित निकाय संग समन्वय गरी विद्यमान समस्या सामाधानका लागि सिघ्र पहल गरिन छ ।
३. नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई राजश्व शाखा संग आवद्ध गरिने कायलाई प्रभावकारी बनाईने छ ।
४. उधोग वाणिज्य संघ संगको सहकार्य र समन्वयमा व्यवसाय करलाई व्यवस्थित र प्रभावकारी बनाई सबै व्यवसायलाई करको दायरामा ल्याईने छ ।
५. वार्षिक रू १ लाख भन्दा बढी कर तिर्ने करदाताहरूको अभिलेख राखी निजहरूलाई विषेश रुपले पुरस्कृत र सम्मान गर्ने व्यवस्था मिलाईने छ ।
६. नगरपालिकाका विविध सेवाहरु उपलब्ध गराउन घर दैलो सेवा उपलब्ध गराईने निति अवलम्बन गरिने छ ।
७. नगरपालिकाको व्यापार प्रवर्द्धनका लागि भिठ्ठामोड भंसार नाकामा सुख्खा बन्दरगाहका लागि संघिय सरकारसँग समन्वय र सहकार्य गरिनेछ।
८. कर संकलन कार्यमा संलग्न कर्मचारीहरुलाई प्रोत्साहित गर्न वार्षिक लक्ष्य भन्दा वढी कर संकलन भएमा लक्ष्य भन्दा बढी संकलन भएको रकमबाट नगर कार्यपालिकाको निर्णय अनसार उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई प्रोत्साहन पुरस्कार उपलब्ध गराउनुको साथै दरवन्दी अनसार पदपुर्ति नभएको अवस्थामा कार्यालय समय वाहेक समेत कार्यालयको काममा खटिने अन्य कर्मचारीहरुलाई समेत उचित सुविधा उपलब्ध गराईने छ ।
९. राष्ट्रिय भवन सहिंता र भवन निर्माण मापदण्ड बमोजिम बनेका पुराना घरहरुको नक्सा पास गर्ने, नयाँ भवनसंरचनाहरु मापदण्ड बमोजिम बनाउन नक्सा पास गरी स्वीकृति दिने एवं मापदण्ड नपुगेका नगरपालिका घोषणा हुनु आगावै बनेका पुराना घर संरचनाहरु सार्वजानिक जग्गा र सडकमा पर्ने भए सुधार गर्न लगाई अन्यको हकमा लगत लिई नगरपालिकाले तोके अनुसारको राजस्व अशुल गरी अभिलेखीकरण गरी नगरपालिका घोषना हुनु पुर्व र पछि बनेका घरहरुको रेकर्ड आधावधिक गरिने छ ।
१०. नक्सा पास नगरि र स्वीकृती विना आफु खुशी बनाएका घर संरचनाहरु मापदण्ड विपरित भए निजकै खर्चमा भत्काउँन लगाई नियमानुसार संरचना धनीलाई दण्ड जरिवाना गरी कानुनी दायरामा ल्याई व्यवस्थित शहरी विकासमा जोड दिईने छ । साथै मापदन्ड भित्र निर्माण भएका तर स्विकृत नलिएका को हकमा यहि २०७९ चैत्रमसान्त भित्र अभिलेखिकरण गरि करको दायरामा ल्याईने छ ।
११. नगरका शहरी क्षेत्रमा घर जग्गा भाडामा लगाउनेहरुको लगत लिई नियमानुसार वहाल कर असुल उपर गरिने छ ।
१२. फोहर मैला व्यवस्थापनको लागि बजार क्षेत्र र फोहर बढि गर्नेहरु संग सरसफाई शुल्क लिई सरसफाईको व्यवस्थापन मिलाईने छ ।
१३. राजश्च सम्भाव्यता अध्ययनबाट प्राप्त सुझाव अनुसार राजश्वका अन्य क्षेत्रहरु समेत पहिचान गरी करको दरभन्दा दायरा बढाउने तर्फ पहल गर्नुको साथै नागरिकको सचेतीकरणको लागि कर शिक्षा कार्यक्रम संचालन गरिने छ।
१४. यस नगर क्षेत्रमा पटके पसलहरु हाट बजार तथा अन्य सार्वजनिक सम्पत्ति नगरपालिका बाहेक अन्य संघसंस्था तथा निकायहरुले समेत ठेक्का बन्दोवस्त गरी सो को आम्दानी लिईरहेकोमा त्यस प्रकारको गैर कानुनी कार्यलाई पुर्न रुपमा रोकी सम्पूर्ण आम्दानी रकम नगरपालिकामा प्राप्त हुनेगरी एकद्वार प्रणालीबाट राजस्व परिचालन गरिने व्यवस्था सुनिश्चित गरिने छ ।
१५. उपभोक्ता हकहित संरक्षणलाई ध्यान दिई स्थानिय प्रहरी प्रशासन,उद्योग वाणिज्य संघ, संचारकर्मी र अन्य सरोकारवाला निकायहरु संग समन्वय गरी बजारमा हुने कृतिम अभाव एकाधिकार र कालो बजारीलाई नियन्त्रण गरिने छ।
१६. वर्षो देखि बाकि रहेका बक्यौता रकम कडाईका साथ असुल उपर गरिने छ ।
१७. मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग, मुस्लिम लगायतका जातीय सिफारीसहरु निःशुल्क गरिनेछ।
१८. गत विगतमा तत्कालिन जिल्ला विकास समितिले लिदै आएको पानीपोतलाई सोही रेकर्डको आधारमा पानीपोत काटी कर असूल गरिनेछ।
ञ. प्रशासन, सुशासन तथा पारदर्शिताः
१. नगरपालिका कार्यालयका प्रत्येक शाखाको फाईलिङ्ग, अभिलेख प्रणाली लगायत अन्य व्यवस्थापनमा समयानुकुल सुधार गर्दै लग्नुका साथै कार्यालय संगठन, शाखा, उपशाखा र कर्मचारीको विवरण तयार गरी अध्यावधिक गर्दै लगिने छ ।
२. पुराना पेश्की वेरुजु असुल उपर गर्दै कामको आधारमा भुक्तानी दिने व्यवस्था मिलाई विकास निमार्णको कार्यमा पेश्की वेरुजु शून्य नीति अवलम्बन गरिने छ ।
३. नगरपालिकाका कर्मचारीहरुलाई नेपाल सरकारले तोके बमोजिमको पोशाक बापत रकम उपलब्ध गराई तोकेको पोशाक र परिचय पत्र अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गरिने छ ।
४. कर्मचारीहरुको क्षमता विकास गरी कार्य सम्पादनको गुणस्तर अभिवृद्धि गरिने छ ।
५. कार्यालयका कर्मचारीहरुमा स्वच्छ आचरणको निमार्ण गरी सेवाग्राही प्रति सम्मानपूर्ण व्यवहारगर्ने नितिलाई प्रभावकारी बनाईने छ ।
६. नागरिक बडा पत्रमा उल्लेख भएका सेवाहरु तोकिएको समयमा दिन नगरपालिका प्रतिबद्ध रहनेछ ।
७. नगरपालिकाको गतिवीधिलाई विद्युतिय संचार माध्यमबाट सार्वजनिक गर्ने निति अनुरुप कार्यालयको आधिकारीक बेभ साईट तथा स्थानिय एफ एम बाट प्रसारण गरिने कार्यको सुरुवात गरिने छ ।
८. नगरपालिकाद्वारा प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी पारदर्शी एवं जनउत्तरदायी बनाउन सशन अनुगमन, बुलेटिन ब्रोसर प्रकाशन, सार्वजानिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजानिक परिक्षण, प्रगति समीक्षा नियमित रुपमा गरी सुशासनको प्रत्याभुती गरिनेछ ।
१०. नगरपालिकालाई आवश्यक जनशक्ति ण् ७ ः क्गचखभथ गरी आन्तरिक आयलाई समेत विचार गरी दरवन्दी कायम गरिने छ ।
११. सेवा प्रवाहलाई विकेन्द्रीत र प्रभावकारी बनाउन वडा कार्यालयहरुको भौतिक संरचना तथा संस्थागत विकास गरिने छ ।
१२. जलेश्वर नगरपालिकालाई फ्री वाई फाइ जोनमा परिणत गरिने छ।
१३. जलेश्वर नगरपालिकामा मिति २०७९।०२।२४ गते देखि टोल फ्री नम्बर (१६६०२७५२१२३) संचालन भई सकेको व्यहोरा जानकारी गराउदै सो कार्यलाई प्रभावकारी रूपमा सेवा प्रबाहमा निरन्तरता दिईनेछ।
१४. नगरपालिकाको जनसेवा लाई प्रभावकारी, पारदर्शीता र सेवामुखी बनाउने उद्देश्यले सम्पूर्ण सेवालाई अनलाईन निवेदन दिन र घरैवाट सेवा प्राप्त गर्ने गरी अनलाईन सेवा संचालन गरिनेछ ।
१५. नीति तथा कार्यक्रम अनुरुपको नवो नगरसभाको वस्ने दोस्रो सत्रमा देहाय बमोजिमको श्रोतको आधारमा वजेट विनियोजन गरि बजेट प्रस्तुतिकरण गरिनेछ ।
श्रोत ः– नेपाल सरकार
वितिय समानिकरण – १७ करोड ८४ लाख
सशर्त अनुदान – ३३ करोड ९१ लाख
विशेष अनुदान – २ करोड
समपुरक – ० करोड
राजश्व बाँडफाँड – १० करोड ४० लाख (अनुमानित)
प्रदेश सरकार – ३ करोड (अनुमानित)
आन्तरिक श्रोत – ४ करोड (अनुमानित)
सरकारी÷गैरसरकारी ÷संघ संस्था – १ करोड (अनुमानित)
जम्मा – ७२ करोड १५ लाख (अनुमानित)
अन्त्यमा लोकतन्त्रलाई अझ सुदृढ बनाउन आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नु भएका जनप्रतिनिधिज्यूहरू लाई धन्यवाद तथा नवनिर्वाचीत जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिन चाहन्छु।
मिति २०७९ अषाढ ५ गते आइतवार
धन्यवाद!
श्री सुरेश साह सोनार
(नगर प्रमुख)