भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर गयो यती ठुलो भूकम्प, काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।
शनिबार बिहान उक्त धक्का महशशुश भएको हो। उक्त भूकम्पको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ। २०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता सानाठूला धक्का महसुस हुने गरेका छन्।