विष्णु गुप्ता
महोत्तरी,६ जेष्ठ ।
स्थानिय तहको निर्वाचनको लागि महोत्तरीमा खटाईएका दुई हजार ४७४ म्यादी प्रहरीलाई शुक्रवार विदाई गरिएको छ । मतगणना समेत अन्तिम अवस्थामा रहेको वेला म्यादीलाई विदाई गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले वताए ।
म्यादीहरुलाई जलेश्वर स्थित रंगशालामा एक कार्यक्रमको आयोजना गरि टिका लगाएर प्रशंसापत्रका साथ विदा गरिएको हो । म्यादीलाई विदा गर्ने क्रममा महोत्तरीका एसपी कृष्ण प्रसाद पंगेनीले स्थानिय तह निर्वाचन २०७९ शान्तिपुर्ण तवरबाट समपन्न गराउन म्यादी प्रहरीले निर्वाह गरेको उल्लेखनिय भुमिकाको प्रशंसा गरेका थिए । उनले म्यादी प्रहरी बन्न सिकेका गुण र तालिमहरु भविष्यमा पनि काम लाग्ने भएकोले नविर्सन आग्रह गरेका थिए । यता म्यादी प्रहरीहरुले समेत स्थानिय तह निर्वाचनको समय पाएको अनुभव साझा गरेका थिए ।