रञ्जन भण्डारी
महोत्तरी,६ जेष्ठ ।
महोत्तरीमा १५ स्थानिय तहको निर्वाचन सकिएको छ । ३ लाख ९१ हजार ५७० मतदाता रहेको महोत्तरीमा २५८ मतदान स्थलको ४९७ मतदान केन्द्रबाट सम्पन्न भएको मतदानमा ७१ प्रतिशत मतदाताले सहभागिता जनाउदै मतदान गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीको तथ्यांक छ । गत वर्षको तुल्नामा यस वर्ष मतदान प्रतिशत वढी छ । वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा मेयर र अध्यक्ष पदकै आँकाक्षीहरुको संख्या धेरै भएपनि गत स्थानिय तहको निर्वाचनको तुल्नामा संख्या भने केहि कम देखिए । तर भएभरको उम्मेदवार मध्ये समेत आफैलाई मत नदिनेहरु पनि भेटिन थालेका छन । महोत्तरीमा १० नगरपालिका का मेयर र ५ गाउपालिकाका अध्यक्ष पदको लागि २७३ जनाले चुनाव चिन्ह पाएकोमा सो मध्ये स्वतन्त्रबाट उम्मेदवारी दिएका १३४ जना उम्मेदवार मध्ये आफुलाई नै मतदान नगर्नेहरुको संख्या ५१ छ ।
आफैलाई मतदान नगर्ने कस्तो उम्मेदवार ? भन्ने प्रश्नको जवाफ खोज्न केहि त्यसता उम्मेदवारहरुसंग महोत्तरी संचार दैनिक र मिथिलाञ्चल टुडेको टिमले संयुक्त रुपमा बुझ्ने प्रयास गर्यौ । हाम्रो टिमले ति उम्मेदवारहरु मध्ये केहिसंग कुराकानी गर्दा उनी मध्ये केहिले दलबाट उम्मेदवारी दिएका आफ्नो उम्मेदवारको लागि सवारी पास उपलब्ध गराउन,मतगणना स्थलमा प्रतिनिधी वढी खटाउन,अन्य विभिन्न चुनावी प्रयोजनको लागि तिनै नेताज्युहरुको आदेशले उम्मेदवारी दिएको बताए भने केहिले चुनाव वारे अनुभव बटुल्न तथा केहिले अन्यलाई समर्थन गरेको तथा केहिले आफुसंग कति मतदाता रहेको भनेर बुझ्न उम्मेदवारी दिएको बताए । एक दुई त्यसता उम्मेदवारले आफ्नो झुण्ड्याएको प्रतिनिधी परिचयपत्र नै लुकाउन प्रयास गरे । यस मध्ये केहि दलगत नेताहरुसंग वार्गेनिंग गर्न समेत उम्मेदवारी दिने गरेको समेत बुझियो । यता एकमात्र मत पाएको उम्मेदवारहरुको समेत लामो फेहरिस्त छ । महोत्तरीमा एक मत्र पाउने यस्ता उम्मेदवारहरुको संख्या २९ छ भने २ देखि २० मत ल्याउने उम्मेदवारहरु ४८ जना छन ।
स्वतन्त्र उम्मेदवारकै तथ्यांकलाई थप केलाएर हेर्दा ः
क्र.सं. | स्थानिय तह | जम्मा स्वतन्त्र उम्मेदवार | ० मत ल्याउने | १ मत ल्याउने | २ देखि २० मत ल्याउने |
१ | जलेश्वर नगरपालिका | १४ | ८ | २ | २ |
२ | एकडारा गाउपालिका | २१ | १० | ५ | ४ |
३ | मनरा सिस्वा नगरपालिका | ८ | १ | २ | ६ |
४ | सम्सी गाउपालिका | ६ | १ | १ | ४ |
५ | सोनमा गाउपालिका | ७ | २ | १ | २ |
६ | लोहारपटटी नगरपालिका | ७ | १ | २ | २ |
७ | रामगोपालपुर नगरपालिका | ११ | ६ | २ | ३ |
८ | औरही नगरपालिका | ४ | १ | ० | ४ |
९ | गौशाला नगरपालिका | २० | ५ | ६ | ९ |
१० | बर्दिवास नगरपालिका | २ | १ | ० | १ |
११ | मटिहानी नगरपालिका | ८ | २ | २ | ३ |
१२ | महोत्तरी गाउपालिका | ५ | ० | १ | २ |
१३ | भंगहा नगरपालिका | ३ | २ | ० | १ |
१४ | पिपरा गाउपालिका | ९ | ४ | ० | ३ |
१५ | बलवा नगरपालिका | ९ | ७ | ५ | २ |
जम्मा | १३४ | ५१ | २९ | ४८ |
तर यसरी उम्मेदवार भएर स्वार्थवस वा निस्वार्थ भावले नै चुनावमा आउने उम्मेदवारहरुको जमानत जफत वाहेकको विकल्प भने निर्वाचन आयोगसंग छैन । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुवोध महतोका अनुसार सवै प्रकृया पुर्याएर उम्मेदवार बन्न आउने उम्मेदवारहरुको हकमा उम्मेदवारी दिएर चुनाव लड्न पाउने उनको अधिकार भएको र उनीहरुलाई रोक्न नमिल्ने बताउछन । सरकारको नै ध्यानाकर्षण भएर यस विषयमा कुनै ठोस निर्देशन वा उपाय निर्वाचन आयोगले बताए सोहि अनुरुप आफुहरुले गर्न सक्ने उनले थपे ।
तर निर्वाचनकै समय उम्मेदवारहरुमाथि विशेष निगरानी राखिए यसलाई नियन्त्रण गर्न भने सकिने राजनीतिका जानकारहरुको भनाई छ । यहा कसैको हक र अधिकार खोस्नु भन्दा पनि डमी उम्मेदवार बनेर मतगणनाकै समय कुनै दलको पक्षमा होहल्ला गर्ने,मत परिणाम प्रभावित बनाउन खोज्ने वा अन्य प्रतिपक्षीलाई मतगणना स्थलमै होच्याउन वा उनको स्वर दवाउन खोज्नेलाई नियन्त्रण गर्नमात्र मात्र उदेश्य रहेको छ ।