महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेपाली काँग्रेसका युवा उम्मेदवार मोहन पाण्डेयले विजय प्राप्त गरेका छन । गत वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतगणना हुदा उहाले ५८८४ मत प्राप्त गरि जित हासिल गरेका छन । नव निर्वाचित ३५ वर्षिय नगरप्रमुख पाण्डेयले आफ्नो जितको लागि मतदातालाई धन्यवाद दिर्द मनरा सिस्वा नगरपालिकालाई नमुना पालिकाको रुपमा स्थापित गर्ने बताएका छन ।
उनको जितको घोषणासंगै संचारकर्मीहरुसंग कुरा गर्दै युवा नगरप्रमुख पाण्डेयले मनरा सिस्वा नगरपालिकाको शिक्षा,स्वास्थ्य,वेरोजगारी लगायतका विषयहरुलाई प्राथमिकतामा राख्ने बताउदै गर्न चाहे विकास गार्हो विषय नभएको बताए । उनले मजबुत आत्मबलका साथ विकासको अठोट लिए गर्न सकिने भएकोे आफ्नो कार्यकालमा युवालाई विशेष प्राथमिकता दिने बताए । नवनिर्वाचित नगरप्रमुख पाण्डेले आफ्ना प्रतिद्वन्दी जसपाका महेन्द्र रायलाई ९६४ मतको मतान्तरले हराएका छन ।
यता मनरा सिस्वा नगरपालिकाको उप प्रमुखमा समेत नेपाली काँग्रेसकै नेतृ शकुन्तला देवीले ५७४५ मत प्राप्त गर्दै जित हात पारेकि छिन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी निर्मला कुमारी देवी सिंहलाई ९०३ मतको मतान्तरले हराएकि छिन ।
मनरामा १० वडा रहेकोमा दुई वडामा एमाले,तिन वडामा काँग्रेस,दुई वडामा जसपा,दुई वडामा लोसपा र एक वडामा जनमतबाट वडाअध्यक्ष निर्वाचित भएका छन ।