महोत्तरीको जलेश्वर नगरपालिका ९ स्थित प्रकौली र पिपरा गाउपालिकाको पिपरा बजारमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायद्वारा मतदाता शिक्षा सम्बन्धि सडक नाटक प्रस्तुत गरिएको छ । चौतारी नेपालको आयोजना र यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ(एफएसजिएमएन) को आर्थिक सहयोगमा उक्त कार्यक्रम सोमवार सम्पन्न भएको हो ।
यौनिक तथा अल्पसंख्यक समुदायको विकास,हक र अधिकारको लागि राजनीतिक दलहरुले आफ्नो प्रतिवद्धता पत्रमा केहि बुंदा राखे नराखेको,निर्वाचनमा सहि उम्मेदवार कसरी छनौट गर्ने र मतदान कसरी गर्ने भन्ने विषयमा उक्त सकड नाटक देखाईको चौतारी नेपाल महोत्तरीका कार्यक्रम संयोजक रामवरण यादवले वताए । उनले समाजमा अझै तेस्रो लिंगीलाई हेय र अपमानित गर्ने दृष्टीले हेर्ने गरिएकोमा अझै कुनै राजनीतिक दलले महोत्तरीबाट यस समुदायका कसैलाई उम्मेदवार नबनाएपनि आफुहरुले आफ्नो जिम्मेवारी बुझ्दै समाजमा मतदान गर्न सिकाईरहेको बताए ।
चौतारी नेपालले मंगलवार समेत लोहारपटटी नगरपालिकाको वगरामा नमुना मतदान कार्यक्रम संचालन गर्न लागेको हो ।