महोत्तरी सदरमुकाम जलेश्वरमा आचार संहिता विपरितका चुनावी प्रचार प्रसार सामग्री हटाइएको छ । जलेश्वरका मुख्य सडक तथा चोक एवं भित्री गल्लीहरुमा समेत राखिएको आचारसंहिता विपरितको चुनावी प्रचार प्रसार सामग्री हटाइएको मुख्य निर्वाचन अधिकृत दिपक कुमार खरेलले बताए ।
उनको सोमवार नै राजनितिक दलहरुसंग छलफल गरिएको र सो पछि आचारसंहिता विपरितका चुनावी प्रचार प्रसार सामग्री हटाइएको बताए ।
योसंगै महोत्तरीका सम्पुर्ण स्थानमा यस्ता पोष्टर र व्यानर लगायतका आचारसंहिता विपरितका सामग्रीहरु हटाउन सुरु गरिसकिएको उनले थपे । केहिदिन यता जलेश्वर लगायतका महोत्तरीका विभिन्न स्थानमा आचारसंहिता विपरित चुनावी प्रचार प्रसार सामग्रीहरु चौक तथा गाउघरमै छ्यापछ्याप्ती राखिएको थियो ।