गत पौष २९ गते गौशाला ५ स्थित मिथिलांचल कम्प्युटर कमप्लेक्स सेन्टरमा भएको चोरीको गुथी सुल्झिएको छ । झण्डै २५ लाख बरावरको सामग्री चोरी भएकोमा चार महिना भन्दा वढी समय खर्चिएर प्रहरीले सफलता हात पारेको हो । यो सफलता भने त्यसै प्रहरीले हात पारेको छैन , प्रहरी प्रमुख फेरिएपछि बाकि बक्यौक्ता केसहरुको फेहरिस्त हेरेर केस सुल्झाउने अठोट लिएका ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरिक्षक रञ्जन मिश्र तथा उनको टिमको अथक प्रयासले यो सम्भव भएको हो । कुशल नेतृत्वकर्ताले आफ्नो कार्य अनुभवलाई भरपुर प्रयोग गर्न सक्षम हुदा भने यस्तै केसहरु सुल्झिने पनि गर्छन ।
चोरी केसको बारेमा प्रहरी निरिक्षक मिश्र भन्छन,“ गौशालाको चार्ज सम्हालेसंगै राजनितिक दल,व्यापारी,संचारकर्मी लगायत सवैले गौशालाको ठुलो चोरी घटनामा दोषी पक्राउ पर्न नसकेको भनेर जानकारी गराएका थिए । उक्त घटनाले गौशाला बजार नै असुरक्षित महसुस भएको र पटक पटक आन्दोलन समेत गरेर प्रहरीको ध्यानाकर्षण गराउदा समेत चासो नलिएको उनीहरुको भनाई थियो । यसले एउटा चोरी समेतको घटनामा हामी कसरी असफल हुन सक्छौ भनेर सोचे र केसको अध्ययन सुरु गरे । केस अध्ययन गर्दै गर्दा केहि क्लुहरु भेटिए र त्यही क्लुले चोरी भएको सामान सहित मानिस नै पक्राउ गर्न सफल भए ।” तर यो सफलता आफ्नो भन्दा पनि आफ्नो प्रहरी टिमको भएको उनी बताउछन ।
प्रहरीले गौशालामा दिदै आएको सुरक्षामाथि प्रश्नवाचक चिन्ह रहेको उक्त चोरीको केसको गुथि सुल्झाउने प्रयास पहिलेका प्रहरी निरिक्षकले समेत गरेपनि सफलता वर्तमान प्रहरी निरिक्षकको पालामा हुदा समेत मिश्रको गौशाला आगमनले स्थानियहरुमा आस पलाएको छ ।
आईतवार प्रहरीले औरही नगरपालिका १ औरही बजार स्थित दिनेश साहले संचालन गरेको प्रिन्स स्टुडियो एण्ड मोवाईल सेन्टरबाट बरामद गरेको हो । प्रहरीले संचालक साह सहित चोरीका सामानहरु समेत बरामद गरि अनुसन्धान थालेको छ ।