माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका रुद्र सुस्लिङ्गले उम्मेदवारी फिर्ता लिएका छन । पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवार बनेका थिए । उनीसंगै उपमेयर,वडाअध्यक्ष र वडासदस्यका गरि कुल १८ जनाले उम्मेदवारी फिर्ता लिएको बर्दिवासका निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले वताए ।
नाम फिर्ता लिएकाहरुमा वडा नं. २ का वडाअध्यक्षका स्वतन्त्र उम्मेदवार लोकेन्द्रराज काफ्ले,वडा नं. ६ का जसपाका उम्मेदवार भजन महतो,वडा नं. १ का वडाअध्यक्ष उम्मेदवारहरु स्वतन्त्रबाट कृष्ण प्रसाद गौतम र जय नारायण शर्मा,वडा नं. ४ का वडाअध्यक्ष उम्मेदवार जसपाका पार्वती गोले,स्वतन्त्रबाट वडा नं. १४ का उम्मेदवार शैलेस दाहाल,स्वतन्त्रबाटै वडा नं. ५ का उम्मेदवार वैकुण्ठ प्रसाद देवकोटा,वडा नं. १० का स्वतन्त्र उम्मेदवार राम कुमारी रुम्वा,वडा नं. ८ का जसपाका उम्मेदवार दिनेश कुमार यादव लगायतका रहेका छन ।
त्यसतै नगरप्रमुखकै अर्का लोसपाका उम्मेदवार चेत कुमार थापाले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । उनीसंगै उप प्रमुखकै लोसपाका उम्मेदवार रामगुन कुमारी महतोले समेत उम्मेदवारी फिर्ता लिएकि हुन । यता टिकट नपाएर स्वतन्त्रबाट बागी उम्मेदवारी दिएका बर्दिबास नगरपालिकाका प्रभावशाली नेता प्रल्हाद क्षेत्रीले भने आफ्नो उम्मेदवारी कायम राखेका छन । उनी काँग्रेसबाट टिकट पाएर समेत पुनः टिकट खोसिएपछि बागी भएका थिए ।
जलेश्वरमा पनि उम्मेदवारी फिर्ता ः
यता जलेश्वरमा समेत तिनजना नगरप्रमुखको उम्मेदवार सहित ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन । नगरप्रमुखको उम्मेदवारी फिर्ता लिनेहरुमा स्वतन्त्र उम्मेदवार सतिश कुमार मिश्र,नेपाल जनता पार्टीका रंजित पाण्डेय र स्वतन्त्र उम्मेदवार विजय कुमार वर्मा छन । उनीहरुसंग वडा नं ३ का स्वतन्त्र उम्मेदवार राधेश्याम राय यादव,डा नं. १२ का स्वतन्त्र उम्मेदवार पुरुषोत्तम राउत र वडा नं. ६ का स्वतन्त्र उम्मेदवार विद्यासागर पंडित रहेका छन । यता वडा नं. ८ को सदस्यमा उम्मेदवारी दिएका महारुद्र झा र सुरेन्द्र मण्डलसंगै वडा नं. ३ मा जनमत पार्टीबाट सदस्यमा उम्मेदवारी दिएका देविन्द्र महतोले समेत नाम फिर्ता लिएका हुन ।
महोत्तरीको १५ स्थानिय तहमा कुल उम्मेदवारी फिर्ताको विवरण भने प्राप्त हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुवोध कुमार महतोले अझै सवै निर्वाचन कार्यालयबाट तथ्यांक उपलब्ध भैनसकेको बताए ।