महोत्तरीको सम्सी गाउपालिका ५ मा जसपाले वडाअध्यक्षको दुई टिकट वितरण गर्दा विवाद देखिएको छ । जसपाका केन्द्रीय नेता अशोक राईको हस्ताक्षर रहेको दुवै टिकटबाट दुईजनाले छुटाछुटटै उम्मेदवारी गराएपछि विवाद वढेको हो । निर्वाचन कार्यालय सम्सीले पहिले वडाअध्यक्षको लागि श्रीप्रसाद यादवको मनोनयन दर्ता गरेपछि पुनः जसपाबाटै वडाअध्यक्षको टिकट लिएर मनोनयन दर्ता गराउन कैलाश यादव पुगेपछि जसपाले दुईजनालाई टिकट दिएको खुलेको थियो । तथापी निर्वाचन कार्यालयले पुनः अशोक राईकै हस्ताक्षरमा अर्को पत्र प्राप्त गरेपछि कैलाश यादवको उम्मेदवारी समेत दर्ता गरेपछि दुई मध्ये कुन आधिकारिक उम्मेदवार हुने भन्ने छिनोफानो हुन बाकि छ ।
वडाको माईनटमा मेयरको लागि कैलाश यादव र वडाअध्यक्षको लागि श्रीप्रसाद यादवको नाम सिफारिस भएपनि मेयरको टिकट नपाएका कैलाश यादवले वडाअध्यक्षमा दावेदारी प्रस्तुत गरेका थिए । केन्द्रीय नेता अशोक राईले समेत कैलाश यादव नै आफ्नो आधिकारिक उम्मेदवार रहेको पत्र पठाएपछि वडा र जिल्ला समितिकै अधिकार हनन भएको देखिएको छ ।
जसपाका नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री क्षेत्र नं. ४ का प्रतिनिधीसभा सदस्य डा.सुरेन्द्र यादवले उक्त टिकट वितरण गरेको बताइएको छ । जिल्ला अध्यक्ष राम प्रकाश यादवले वडाअध्यक्षको टिकटको लागि श्रीप्रसाद यादवलाई चयन गरेको दावी गरेका छन । उनले वडाअध्यक्ष लगायतको टिकट जिल्लाले वाड्नु पर्नेमा आफ्नो हातमा टिकट वितरणको जिम्मा नपरेको बताए । उनले भने,“माथि माथिबाट नै टिकट वितरण गरियो ।”
यता सम्सी निर्वाचन कार्यालयले पार्टीबाट समेत पुनः आधिकारिताबारे बुझ्ने कार्यगरिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
आधिकारिक उम्मेदवारकै सन्दर्भमा महोत्तरी सञ्चार दैनिकले जसपा अध्यक्ष उपेन्द्र यादवसंग गरेको कुराकानीमा उहाले वडा र जिल्लाबाट सिफारिस भएका उम्मेदवार नै आधिकारिक उम्मेदवार हुने बताएका छन । उनले दुवैजनाको आधिकारिकता सम्बन्धि कागजातहरु हेरेर पार्टीले विधिसम्वत आएकालाई आधिकारिक उम्मेदवार बनाउने बताए ।