महोत्तरीमा स्थानिय तहको निर्वाचनमा सहभागि हुन चारहजार भन्दा वढीले उम्मेदवारी दिएका छन । स्थानिय तहको निर्वाचनको लागि परेको उम्मेदवारीको संख्या मंगलवार तिनहजार पाचसय भन्दा वढी निर्वाचन आयोगको साईटमा देखिएपनि स्थानिय तहहरुमा रहेको निर्वाचन अधिकृतहरुको कार्यालयले फाईलहरु रुजु गर्दै कन्फर्म गर्दै जाँदा संख्या यति धेरै वढेको हो । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार उम्मेदवारहरुको संख्या चारहजार ७४ भएको हो ।
निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्यांक अनुसार महोत्तरीमा रहेको १० नगरपालिकाको नगरप्रमुख बन्न १८० जनाले उम्मेदवारी दिएका छन भने सोहि वरावरको उपप्रमुखको पदको लागि ९४ जनाको मनोनयन परेको हो । यता ५ गाउपालिकाको अध्यक्ष पदको लागि ९० जनाले र उपाध्यक्ष पदको लागि ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन । त्यसतै जिल्ला भरिको वडाअध्यक्षको कुल १३८ सिटको लागि एकहजार १३ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
यता महिला सदस्यमा ६३७,दलित महिला सदस्यमा ६३६ र सदस्यमा १३७७ जनाले उम्मेदवारी दिएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सवै उम्मेदवारीको रुजु कार्य भैरहेको र यसमा केहि संख्या थपघट हुन सक्ने वताएको छ । अझै केहि फाईलहरु दर्ता भएर पनि केहि प्राविधिक समस्या रहेकोमा उक्त समस्याहरु समाधानको प्रयास भैरहेको बताउदै थोरै संख्यामा हेरफेर हुन सक्ने बताएको छ ।
जिल्लाको बर्दिवास,सम्सी,पिपरा लगायतका विभिन्न पालिकाहरुमा केहि पार्टीले दोहोरो टिकट पठाएको पाइएकोमा सो कारणले समेत उम्मेदवारी दर्ता प्रकृयामा केहि कठिनाई आएपनि पार्टीबाट पुनः आधिकारिकताको पत्र आएपछि उम्मेदवारको टुंगो लागेको मुख्य निर्वाचन अधिकृत दिपक कुमार खरेलले बताए ।