गोपाल झा
महोत्तरी २३ बैसाख
महोत्तरीको एकडारा गाँउपालीकामा आसन्न स्थानीय तह निर्वाचन २०८९का लागि विभिन्न पदमा दुई सय ९० जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार भएको मनोनयन दर्तामा विभिन्न पदमा दुई सय ९० जनाले मनोनयन दर्ता गरेको एकडारा गाउँपालीका निर्बाचन अधिकृतको कार्यालय जनाएको छ ।
निर्वाचन अधिकृतकको कार्यालय एकडारामा उपसिथत भई ३२ जना जनप्रतीनिधीको लागी ६९ जना गाँउपालीका अध्यक्ष पदको लागी र ४८ जना उपाध्यक्ष पदको लागी मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत कृष्ण प्रसाद अधिकारी जनाएका हुन । त्यसैगरी छौ वडाका वडाध्यक्ष पदका लागी ६९ जना ,महीला वडा सदस्य पदका लागी ४८ जना ,दलित महीला वडा सदस्य पदका लागी ४० जना र खुल्ला वडा सदस्य पदका लागी ८८ जना गरी जम्मा दुई सय ९० जना मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत अधिकारी जनाएका हुन ।
एकडारा गाँउपालीकामा अध्यक्ष सहीत विभिन्न पदमा गरी ३२ जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । एकडारा गाँउपालीकामा १० हजार दुई सय २० जना पुरुष र ८ जहार तीन सय ९ जना महीला गरी जम्मा १८ जहार पाँच सय २९ जना मतदाता छन् भने २६ मतदान केन्द्र र १६ मतदानस्थल रहेका छन् ।