सञ्चार समाचारदाता
महोत्तरी,१० वैशाख ।
एकडारा गाउपालिका स्थित सम्पुर्ण राजनीतिक दलहरुलाई स्थानिय बालबालिकाले ध्यानार्षण पत्र बुझाएका छन । आउदो निर्वाचनमा विभिन्न दलले आ आफ्नो चुनावी घोषणा पत्रमा समग्र बालबालिकाको विकासका मुद्दाहरु सम्बोधन गर्नु पर्ने भन्दै बालबालिकाको हक अधिकार,कानुन, तथा नितिगत व्यवस्थाहरुको कार्यान्वयन गर्न बजेटमै कम्तिमा १५ प्रतिशत रकमको व्यवस्था गर्न उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन ।
समग्र देशको विकासको लागि बालबालिकाको भविष्य बनाउनु पर्ने आवश्यक रहेकोमा स्थानिय तहहरुले भौतिक संरचना तथा अन्य योजनाहरुमा स्थानिय तहको बजेट सक्ने तर बालबालिकाप्रतिको जिम्मेवारी वहन नगर्दा बालअधिकार तथा बालबालिकाको समग्र विकासका कार्यक्रमहरु ओझेलमा पर्ने गरेकोले चुनावी घोषणापत्रमै राजनीतिक दलहरुले प्रतिवद्धता सहितको घोषणा गर्नु पर्ने उनीहरुले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन ।
विभिन्न १७ बुंंदा उल्लेख गरेका बालबालिकाले गाउघर वस्तीमा बाटो,बत्ति,पानी,पुुल लगायतका भौतिक पुर्वाधारको खाचो सरह नै बालबालिकाको समग्र विकासको खाचो रहेकोले सोहि अनुरुप घोषणापत्रमा बालबालिकाको विकासको लागि आवश्यक सम्पुर्ण योजनाहरु घोषणापत्रमा उल्लेख गरि निर्वाचित भएपछि पालिकाको बजेटमा समेत सम्बोधन गर्नु पर्ने उल्लेख गरेका छन ।
समाज विकास केन्द्र महोत्तरी तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा वाल संरक्षण परियोनजा अन्तर्गत एकडारा गाउपालिकामा बालबालिकाहरुले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन ।