महोत्तरी,३ वैशाख ।
स्थानीय चुनावमा सतागठबन्धनका दलहरुको बीचमा हुने÷भइरहेको गठबन्धनले गति लिन थालेको राजनीतिक चहलपहललाई उदासिन बनाएको छ । चुनावको माध्यमबाट अ–आफ्नो शक्ति परीक्षण गर्न टिकटकोलागि आफूलागेको दलबाट दिनरात प्रयास थालिसकेका उम्मेदवारका आकांक्षीहरु गठबन्धन हुने नाउँमा सुस्त हुँदैछन् ।
स्थानीय चुनावमा गठबन्धन बीना पार्टीको आशलाग्दो भविष्य नदेख्ने केन्द्रीय नेताहरु गठबन्धनलाई अपरिहार्य ठानेका छन् । पछिल्लो निर्वाचनदेखि नै आफूलाई उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेकाहरु गठबन्धनलाई त्यति रुचाएका छैनन् । जनाधारै नभएका नेताहरु गठबन्धनकै नाउँमा वैतर्नी पार लगाउने आश पालेर बसेकाहरु पनि प्रशस्तै मात्रामा देखिन्छ ।
निर्वाचन आयोगले चुनावी गतिविधि बढाएसँगै विस्तारै तातिनथालेको चुनावी माहौल एकदमै शान्त जस्तो हुन पुगेको छ । सत्तासाझेदार नेपाली काँग्रेस, एकिकृत माओवादी,एकिकृत समाजवादी,जनता समाजवादी पार्टी र जनमोर्चा तथा विपक्षमा रहेका एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बीचको गठबन्धनले विभिन्न पार्टीबाट उम्मेदवारका आकांक्षी रहेकाहरु कुन पालिकाको कुद पद कुन पार्टीको भागमा पर्ने हो भन्दै अन्यौलमा पर्दै गतिशील बनाइ सकेको चुनावी चहलकदमीलाई सुस्त बनाएका छन् ।
केही पार्टीले,केही पालिका र वडामा आफ्नो उम्मेदवार पनि अघि सारिसकेको अवस्था छ भने केही दल उम्मेदवार छान्ने गतिविधि अगाडी बढाइ सकेका छन् । गठबन्धनको आधार र प्रक्रियाको ठोस निर्देशन नआउञ्जेल गठबन्धन भित्रका दलबाट उम्मेदवार बन्न कस्सिएकाहरु आफ्नो दलको भागमा आफ्नो पालिका पर्ने वा नपर्ने कुराले चुनावी गतिशिलतामा सिथिलता आएको स्वाभाविक रहेको एउटा उम्मेदवारका दावेदार नेताले बताए ।
गठबन्धनको स्पष्ट निर्देशन पछि गठबन्धनको निर्णय कति पालिकामा रहेका उम्मेदवार आकांक्षीले पालन गर्ने हो, त्यो त समयले बताउला । तर, गठबन्धनको कुराले सकारात्मक प्रभाव नपरेको र महोत्तरीमा नरुचाइएको राजनैतिक विश्लेषण गर्नेहरुको मत छ ।